सोलुखुम्बुमा समुदायस्तरमा कोरोना

भोजराज कार्की / सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा कोरोनाको सङ्क्रमण समुदाय स्तरमा फैलिएको पुष्टि गरेको छ ।

मङगलबार मात्रै जिल्लाका स्वास्थ्यकर्मीदेखी जनप्रतिनिधिसम्म १२ जनाको रिपोर्ट पोजेटिभ आएसँगै कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको पुष्टि गरेको हो ।

सङ्क्रमणको अवस्था बुझ्न नगरपालिकाको विभिन्न क्षेत्रमा आयोजित स्वाब परीक्षणको रिपोर्टअनुसार समुदायस्तरमा कोरोना फैलिसकेको सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताए । चाडपर्वका बेला चुनौती थपिएकाले परीक्षणको दायारालाई फराकिलो बनाइने उनको भनाइ थियो ।

नगरपालिकाका स्वास्थ्य संयोजक चमर मगरका अनुसार शुक्रबार ६४ जनाको स्वाब सङ्कलन गरी बिराटनगरमा परीक्षण गर्न पठाउदा एक वडाध्यक्ष, एक वडासचिव, एक स्वास्थ्यकर्मी, एक व्यावसायी र हाइड्रोपावरमा कार्यरत कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएको थियो ।

सङ्क्रमितमध्ये एक सङ्क्रमितलाई जिल्ला अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ भने अन्यलाई होम आइसोलेशनमा राख्ने तयारी गरिएको छ । उनीहरू फरक फरक स्थानका रहेका र उनीहरूको अन्यत्र सम्पर्क भए नभएको बारे थाहा नभएको उनले जानकारी दिए । यस्तै जिल्ला अस्पताल फाप्लुमा उपचार गराइरहेका १८ वर्षीय एक पुरुषको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यस्तै, तल्लो सोलु खोला जलविद्युत आयोजना ८२ मेगावाटका २१७ मजदूरको पिसिआर परीक्षण गर्दा सात जनामा कोरोना पोजेटिभ आएको आयोजनाले जनाएको छ । रुम्जाटारस्थित ओखलढुङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङ्कलन गरी परीक्षण गर्न पठाउँदा एक स्थानीय र छ भारतीयमूलका मजदूरमा कोरोना पुष्टि भएको बताइएको थियो । उनीहरूलाई होटल आइसोलेशनका लागि काठमाडौंमा पठाइएको आयोजनाले जनाएको छ ।

छिमेकी जिल्लाको भर

जिल्ला अस्पताल फाप्लुमा स्वाब सङ्कलन गर्ने जनशक्ति नहुँदा छिमेकी जिल्ला ओखलढङ्गाको भरपर्नुपर्ने भएकाले तल्लो सोलु हाइड्रोपावरले ओखलढङ्गा जिल्ला अस्पतालको समन्वयमा स्वाब सङकलन गरी परीक्षणका लागि पठाएको छ ।

यसअघि रुम्जाटारबाट आएका स्वास्थ्यकर्मीले ५४ जनाको स्वाब सङ्कलनगरी परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएपछि आयोजनाको काम ठप्प पारेर थप २१७ जनाको परीक्षण गरिएकामा उनीहरूमध्ये मङ्गलबार सात जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

आइसोलेशन वार्ड अभाव हुने

जिल्लामा आइसोलेशन वार्डको अभाव हुने अवस्था सिर्जना भएको छ । प्रदेश सरकारको सहयोगमा स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालमा १० बेडको आइसोलेशन वार्ड निर्माण गरेकामा त्यहाँ चार सङ्क्रमित राखेर उपचार गराइरहेको र थप ६ जनालाई पनि त्यही राख्दा वार्ड भरिन्छ ।

नगरप्रमुख शेर्पाले भनेजस्तै परीक्षणको दायारा बढाउने हो भने सङ्क्रमितको सङ्ख्या थप हुनसक्ने भएकाले आइसोलेशन वार्डको अभाव हुने र त्यसपछिको अवस्था चिन्ताजनक हुने सल्लेरीका शिक्षिका दुर्गालक्ष्मी राईले बताए ।

जिल्लाको आठवटै स्थानीय तहमा जम्मा आइसोलेशन वार्ड २९ छ तर केहीदिन अघि लिखु हाईड्रोमा काम गर्ने ४७ कामदारमा एकैपटक कोरोना पोजेटिभ देखिएको थियो । यस्तै थुलुङ दूधकोशी र सोलुदूधकण्ड नगरपालिकाका दुई जनामा पनि कोरोना पोजेटिभ देखिएकाले उनीहरू अहिले उपचारमा छन् ।

लामो समयसम्म सुरक्षित जिल्लाको सूचिमा रहेको सोलुखुम्बुमा पछिल्लो समय सङक्रमितको सङ्ख्या ह्वात्तै बढ्नु खतराको सङ्केत भएको र स्थानीय सरकारले यसको रोकथाम तथा नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने स्थानीयवासी सन्तोष खत्रीले बताए ।

पछिल्लो समय जिल्लाको विभिन्न विद्यालय सञ्चालन हुनाका साथै काठमाण्डाँैलगायत ‘रेडजोन’बाट आउनेहरूसमेत खुल्लारूपमा हिड्डुल गर्दा जोखिम बढेको अधिकांशको भनाइ थियो । शुरु चरणको लकडाउनमा घरबाट बाहिर ननिस्केका सोलुखुम्बुबासी असुरक्षित हुनाको कारण काठमाडौं लगायत क्षेत्रबाट आउने नागरिकको उचित व्यवस्थापन नहुनु नै प्रमुख रहेको शिक्षिका राईको भनाइ थियो ।

समन्वय शून्य

बैंक तथा वित्तीय संस्था, होटल र पसलमा सामाजिक दूरीको कुनै ख्याल नगरिनु, रेड जोनबाट आउनेहरू बिनामास्क हिँडिरहनु र राजनीतिक दलले विभिन्न कार्यक्रम आयोजना गरिरहनाका साथै कोरोना रोकथाम अहिलेको मुख्य विषय भएका अवस्थामा पार्टी प्रवेश गराउने होडबाजीमा राजनीतिक दल व्यस्त भएको अर्का स्थानीयवासी भानुभक्त ढु्ङ्गानाले बताए ।

थुलुङ दूधकोशी गाउँपालिकाले सम्पूर्ण हाटबजार र सबै कार्यक्रम बन्द गर्ने गराउने निर्णय गरे पनि नगरपालिकाले भने यो समाचार तयार पार्दासम्म आधिकारिकरूपमा निर्णय गरेको छैन । यसै महाकुलुङ गाउँपालिकाले हाटबजार बन्द गरेको छ भने माप्यदूधकोशी गाउँपालिकाले कार्यक्रम आयोजना गर्न नपाउने निर्णय गरेको छ । रासस

ताजा अपडेट

विवाद बढेकाे बेला सचिवालय बैठककाे औचित्य छैन त्यसैले अब बैठक नराखौं : केपी ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकको औचित्य नभएको बताएका छन् । मंगलबार बालुवाटारमा बसेकाे नेकपा सचिवालय...

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

 झापा । जिल्ला प्रहरी कार्यालय झापाले एकजना फरार प्रतिवादी पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दमक नगरपालिका-७ बस्ने ६५ वर्षीय टेकबहादुर नेम्बाङ रहेका प्रहरीले...

बालुवाटारबाटै देशभर गुटबन्दी गरेकाे प्रचण्डकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीमा ठूलो अहंकार देखिएको आरोप लगाएका...

नेकपा सचिवालय बैठकमा ओली र प्रचण्डबीच भनाभन

काठमाडाैँ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा भनाभन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा...

काेसँग लगनगाँठाे कस्दै छन् रमेश प्रसाई?

काठमाडाैं । नवगायक तथा प्रखर वक्ता रमेश प्रसाईले लगनगाँठाे कस्ने भएका छन् । रमेशले यहि मंसिर २२ गते विहे गर्ने तय भएको उनका निकट मित्र...

मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ। गत २४ घण्टामा १ हजार ३ सय ४ जना...

नेकपा सचिवालय बैठक दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा दुई अध्यक्षकाे प्रस्तावमाथि छलफल सुरु भएकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मंगलबार बसेकाे बैठकमा प्रधानमन्त्रीसमेत रहेका...

काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी...

पछिल्लाे २४ घण्टामा देशभर थपिए १३०४ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

चीनले किम र उनको परिवारलाई कोरोना खोप दिएको खुलासा

एजेन्सी । चीनले किम जोङ उन र उनको परिवारलाई कोरोना भाइरसविरूद्दकाे खोप दिएको खुलासा भएकाे छ। किम र उनको परिवारलाई आफ्नो कोरोना भाइरस खाेप दिएको...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

बढ्याे सुनको मूल्य

काठमाडौं । पछिल्ला केहिदिन निरन्तर घटेकाे सुनकमाे मूल्य मंगलबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० बढेर...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

स्कुल बसको ठक्करबाट एकको मृत्यु, दुई घाइते

नवलपुर । पूर्वी नवलपरासीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अन्य २ जना गम्भीर घाइते भएका छन् । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका-९...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी...