चिनियाँ नागरिकले ठेक्का पाएको जलविद्युत आयोजनामा पत्रकारमाथि हातपात

काठमाडाैँ । सिन्धुपाल्चोकको निमार्णाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा समाचार संकलन गर्न गएका पत्रकारमाथि हातपात भएको छ । चिनियाँ नागरिकले ठेक्का पाएको जलविद्युत आयोजनले थुप्रै स्थानीयलाई विस्थापित गरेको थियो ।

ठेकेदारबाट परिचालित तरिकाले विस्थापित नागरिकको उचित व्यवस्था समेत नभएको स्थानीयको गुनासो छ । यसरी स्थानीयलाई नै संकटमा पारेका बेला उनीहरुको आवाज बाहिर ल्याउँन गएका पत्रकारहरुमाथि समेत ठेकेदारबाटै परिचालित ढंगले आकमण एवं हातपात भएको छ ।

असोज २७ गते सामाचार संकलन गर्न गएका गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईमाथि २०७७ असोज २७ गते आयोजनाका कर्मचारीहरुले हातपात गरेका हुन् ।

यति मात्रै हैन्, उनीहरुले काठमाडौं त्यति टाढाँ समाचार संकलनका लागि गएका पत्रकारहरुको सवारी साधन समेत तोडफोडको प्रयास गरेका थिए ।

यसरी, ‘अराजक समुहले पत्रकारमाथि गरेको निन्दनीय आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले पत्रकारमाथि आक्रमण गरेको थियो ।

यसविषयमा नेपाल प्रेस युनियनले समेत गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा, ुनागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेकोु उल्लेख छ ।

त्यस्तै प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा अराजक समुहले पत्रकारहरुलाई हातपात गर्दै उनीहरु चढेको गाडीसमेत तोडफोड गर्न खोजेको घटनाले मौलाउँदो दण्डहिनतालाई देखाएको छ, जुन सभ्य समाजमा स्विकार्न नसकिने उल्लेख गरेको छ ।

महासंघले यसरी पत्रकार ुमहासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पुर्याउने यस्ता घटनाको कडा भर्त्सना गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन मागु गरेको छ ।

प्रेस युनियनले समेत ुयस्ता असामाजिक तत्व तथा तिनलाई परिचालित गर्नेहरुलाई तत्काल आवश्यक कारवाही गर्दै स्वतन्त्र र भयरहित रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग मागु गरेको छ ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पनि पक्राउ

एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका...

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...