फोन सम्पर्क गर्न आधा घण्टा पैदल यात्रा

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र ६ दुई वडाका बासिन्दालाई अझै पनि सञ्चार क्षेत्रले छुन सकेको छैन । त्यस क्षेत्रका बासिन्दाले कोही कसैलाई फोन सम्पर्क गर्नुपर्‍यो भने करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थान खोज्दै सम्पर्क गर्नुपर्ने उनीहरुको दिनचर्या नै बनेको छ ।

समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको उक्त स्थानका मानिस टावरले टिप्ने डाँडाकाँडा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका–६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए । हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनले बताए ।

आँबुखैरेनी गाउँपालिका–५ टेलिकमले टावर राख्ने कार्यको शुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताए । यस वडामा करिब तीन हजार जनसङ्ख्या रहेका छन् । वडाध्यक्ष गुरुङले भने, “विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन् ।”

उक्त क्षेत्रमा विद्युत्का पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो । जहाँ पायो त्यही टावरले टिप्दैन । उनले भने, “सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानबाट सम्पर्क गर्नुपर्ने यहाँको बाध्यता रहेको छ ।”

सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएकाले थोरै भए पनि आश जागेको उनले बताए । चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए ।

गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानी नै परिसकेको छ । उनले भने, “सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।”

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले समेत पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले जानकारी दिए ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पनि पक्राउ

एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका...

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...