चार महिनामा ५ हजारबढीकाे गर्भपतन

काठमाडौं । सुनौलो परिवार नेपालले कोरोना कहरकाबीच पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । मेरी स्टोप्स् इन्टरनेश्नलको साझेदारीमा सन् १९९४ देखी मेरी स्टोप्स् सेन्टर र बिभिन्न घुम्ती शिबिरबाट सेवाग्राहीलाई गुणस्तरिय र सुरक्षित यौन तथा प्रजनन स्वास्थ्य सेवा दिंदै आइरहकोे सुनौलो परिवार नेपालले लकडाउनको विषम परिस्थीतिमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट देशभर पहिलो चरणको लकडाउन घोषणा गर्‍यो । सरकारले जारी गरेको लकडाउनका केही दिन मेरी स्टोप्स्का सेवा प्रवाहमा अन्यौलता छायो । तर केही दिन पछि सेवालाई निरन्तरता दिने निर्णयमा पुग्यो । र लकडाउन र निषेधाज्ञाको कठिन परिस्थीतिमा समेत निरन्तर रुपमा आफ्नो सेवा प्रवाह जारी राखेको मेरी स्टोप्स् नेपालकी उप-निर्देशक सम्झना सिंह जिसीले जानकारी दिईन ।

सुरक्षित गर्भपतन तथा परिवार नियोजनको क्षेत्रमा काम गर्दै आएको मेरी स्टोप्स्लाई काम गर्न भने सहज थिएन । एकातिर कोरोनाको त्रास र अर्काेतिर आफ्नो सेवा प्रवाहको जिम्मेवारी । तर पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सेवालाई निरन्तरता दिईएको उप-निर्देशक जिसीले बताईन ।

लकडाउनमा ५ हजार बढीको गर्भपतन
मेरी स्टोप्स् नेपालले लकडाउन र निषेधाज्ञाको चार महिनाको अवधीमा मात्रै पाँच हजारभन्दा बढीको सुरक्षित गर्भपतन गराएको छ । लकडाउन सुरु भएपछि अप्रिल महिनामा ८१८, मे महिनामा १ हजार ५७, जुनमा १ हजार ३९४ र जुलाईमा १ हजार ७ सय ९५ जनाको सुरक्षित गर्भपतन गराएको मेरी स्टोप्स् नेपालकी उप-निर्देशक जिसीले जानकारी दिईन ।

कोरोना कहरका बीच पनि आफ्नो सेवालाई निरन्तरता दिँदा सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गरेर सेवा प्रदान गरिएको मेरी स्टोप्सले जनाएको छ ।

सेवाग्राहीलाई सेन्टरमा पुग्न समस्या
कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनमा अत्याबस्यक बाहेक घर बाहिर निस्कँन निषेध गरेको थियो । त्यो समयमा सेवा लिने महिलाहरुलाई सेन्टरसम्म पुग्न समस्या परेको थियो । सुरक्षितरुपमा गर्भपतन गराउन हिडेका महिलाहरुलाई प्रहरीले बाटोमा रोकेर विभिन्न सोधपुछ गर्ने तथा बाटोबाटै फर्काउने गरेको थियो ।

उनीहरुले आफ्नो कुरा खुलेर भन्न नसक्ने भएकाले पनि समस्या परेको मेरी स्टोप्स् नेपालले जनाएको छ । तर पछिल्लो समय भने मेरी स्टोप्स् नेपालले प्रहरीसँग समन्वय गरेकाले सेवाग्राहीले त्यस्तो समस्या भोग्न परेको छैन ।

३ वटा सेन्टरबाट निःशुल्क सेवा
सुनौलो परिवार नेपालले मेरी स्टोप्स् सेन्टरसँगको सहकार्यमा देशभर रहेको ३० वटा सेन्टर मध्ये ३ वटा सेन्टरहरुबाट निःशुल्क सेवा प्रदान गरिरहेको छ । ईटहरी, तौलिहरुवा र प्यूठानका मेरी स्टोप्स् सेन्टरबाट निःशुल्क रुपमा सेवा प्रदान गरिरहेको उप-निर्देशक जिसीले बताईन ।

उप-निर्देशक जिसीका अनुसार तीन स्थानका स्थानीय सरकारको अनुरोधमा निःशुल्य सुरक्षित गर्भपतन सुरु गरिएको हो । जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउँदा धेरैको अकालमा मृत्युसमेत हुने गरेकाले स्थानीय सरकार र सेन्टरको सहकार्यमा निःशुल्क रुपमा गर्भपतन गराउन थालिएको हो ।

चिकित्सकमा देखएिको भए र कर्तब्य
नेपालमा लकडाउन सुरु भएको केही दिन चिकित्सकहरुमा पनि अन्यौलता छायो । तर केही दिनभित्रै त्यसको समाधान निस्कियो । समाधानको विकल्प थियो, वर्क फ्रम होम र अपोईन्मेन्ट । र त्यसै अनुरुप टेलिफोनमा कुराकानी गरेर, समय निर्धारण गरेर सेवा प्रदान गर्न थालिएको मेरी स्टोप्स् नेपालका मेडिकल सर्भीस म्यानेजर डा. अब्दुल रैफले जानकारी दिए ।

डा. रैफका अनुसार सुरु–सुरुका दिनहरुमा काम गर्न निकै असहजताको अवस्था सृजना भयो । तर पनि सेवा प्रवाह गर्ने प्रण गरेकाले उनीहरुलाई कुनै पनि डरले रोक्न सकेन । लकडाउन भएको चार महिनाको अवधीमा मात्रै पाँच हजारभन्दा बढीको सुरक्षितरुपमा गर्भपतन गराईसकेपछि अहिले कोरोना संक्रमणको डर सामान्य जस्तै बनेको छ, तर स्वास्थ्य सुरक्षाका सम्पूर्ण सावधानी अपनाइएको डा. रैफको भनाई छ ।

स्वास्थ्य समाग्री पाउन कठिन
सरकारले देशभर लकडाउन घोषणा गर्‍यो । केही दिन रोकिएको मेरी स्टोप्स् नेपालको सेवा पनि पूर्वबत रुपमा सञ्चालन गर्ने सहमति बन्यो । तर बजारमा स्वास्थ्य सुरक्षाका सामग्री पाउन निकै कठिन भयो । सुरु–सुरुका कही दिन बजारमा मास्क पाउनै गाह्रो भयो, अन्य समाग्रीको त कुरै भएन ।

केहि दिन पछि मास्क, सेनिटाईजर, पन्जा, पीपीई पाउन सहज बन्यो । स्वास्थ्य सुरक्षाका सामग्री सहज रुपमा उपलब्ध हुन थालेपछि काम गर्नका लागि अनुकुलता मिल्दै गएको मेडिकल सर्भीस म्यानेजर डा. अब्दुल रैफले आफ्नो अनुभव सुनाए ।

ताजा अपडेट

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको...

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक...

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चर्चित

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको...

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...