कालापानी नजिकै हेलिकप्टरबाट सशस्त्र प्रहरी पुर्‍याउँदैछ सरकार

काठमाडौं । लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर भारतले तिब्बतको मानसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आक्रोश बढेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सडकदेखि संसदसम्म लिपुलेकको विषयमा बहस भइरहेको छ ।

तर भारतले नेपाली भूमि अक्रिमण गरेको दार्चुलाको त्यही माथिल्लो क्षेत्रमा बार्षौदेखि सरकारको उपस्थिति शून्य छ । कालापानी नजिकैको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गर्ने निर्णय भएर पनि अझै कार्यान्वयन हुन सकेको छैन ।

सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, ‘दुर्भाग्य नै भन्नुपर्छ, लामो समयम्म दार्चुलाको त्यो माथिल्लो क्षेत्र, जहाँ सीमा विवाद रह्यो, त्यो ठाउँमा सरकारको उपस्थिति गराउन सकेनौं ।’ अतिक्रमणको एउटा कारण सरकारको कमजोर उपस्थिति पनि भएको उनले बताए ।

अब हेलिकप्टरमार्फत छाङरुमा सुरक्षाफौज लैजाने तयारी भइरहेको मन्त्री ज्ञवालीले बताए । ‘अल्टिच्युडका कारण स्थायी प्रवन्ध गर्न समय लाग्ने भएकोले केही समय पर्खिएका थियौं । अब आज भोलिमै स्थायी बीओपी छाङरुमा राख्छौं’ उनले भने ।

त्यसपछि क्रमशः सशस्त्र प्रहरी बलको बटालियन नै राख्ने योजना रहेको समेत उनले जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार छाङरुमा ११५ र टिंकरमा १६७ गरेर कुल १८२ घरधुरी सौका समुदायका मानिसको बसोबास छ । उनीहरुको कुल जनसंख्या ११२० रहेको छ । उनीहरु जाडो छल्न दार्चुलाको तल्लो भेगमा झर्छन्, तर अहिलेसम्म घोडेटो बाटोसमेत नभएका कारण पास लिएर भारतको भूमि भएर आउनुपर्ने बाध्यता छ । ‘यो स्थितिलाई अन्त्य गर्न पहिलो चरणमा घोडेटो र त्यसपछि मोटरबाटो बनाउने सरकारको तयारी छ । त्यसअनुसार बजेट पनि छुट्याइएको छ’ मन्त्री ज्ञवालीले भने।

इन्स्पेक्टरको कमाण्डमा ३५ जनाको टोली
दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरु (कालापानीबाट १० किलोमिटर वर) प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा ३५ जनाको टोली राख्ने सशस्त्र प्रहरी बलको तयारी छ । सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले हातहतियार र जनशक्ति पठाउने तयारी गरिरहेका छौं ।’

छाङरु दार्चुला सदरमुकाम खलंगाबाट ९० किलोमिटर उत्तरपश्चिममा पर्ने विकट क्षेत्र हो । ‘सबै मौसममा त्यहाँ बस्न कठिन हुन्छ, हिउँ पर्ने ठाउँ हो’, डीआईजी श्रेष्ठले भने, ‘त्यसैले पूर्ण बन्दोवस्तीका साथ टोली पठाउन लागेका हौं ।’

बीओपी राख्न सरकारले सशस्त्र प्रहरी बललाई १५ रोपनी जग्गामा पनि उपलब्ध गराइएसकेको छ । त्यहाँ अस्पतालसहितका भौतिक संरचना बनाउने तत्काललाई ९ करोड बढी बजेट विनियोजन भइसकेको स्रोतले बताएको छ । स्थायी संरचना नबन्दासम्म घर भाडामा लिएर फौज राख्ने तयारी भइरहेको छ । ‘जग्गा उपलब्ध भएको स्थान चाहिँ अहिले बस्न लागिएको ठाउँबाट ५ सय मिटर पर गागा भन्ने ठाउँमा हो’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

लिपुलेक, तिंकर भज्याङ र कालापानी क्षेत्र यही गाउँपालिकामा पर्ने सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बरबहादुर विष्टले अनलाइनखबरलाई बताए ।

हेलिकप्टरबाट हतियार र सामान पठाउने तयारी
प्रवक्त श्रेष्ठका अनुसार नेपाली सेनाको हेलिकप्टरमार्फत बन्दोवस्तीका सामान पठाउनेबारे पनि छलफल भइरहेको छ । ‘यथाशीघ्र बीओपी राख्ने तयारी भएपनि विकटताका कारण केही समय लाग्ने भएको छ’, सशस्त्र प्रहरी स्रोतले भन्यो ।

मंसिरमा ११४ वटा बीओपी स्थापना गर्न सरकारले निर्णय गर्नुअघि सशस्त्र प्रहरीको एक सय ७ वटा बीओपी थियो । त्यसपछि १ वैशाखमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले भारत र चीनको सीमा क्षेत्रमा गरेर ५ सय वटा बीओपी राख्ने गरी तयारी थाल्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । अनलाइन खबरबाट सभार

ताजा अपडेट

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

एजेन्सी । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर...

बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल...

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने...

बौद्धमा आमाछोरी मृत भेटिए

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी...

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ। बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको...

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

काठमाडौं । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा...

जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरी निरीक्षकविरुद्ध जाहेरी दर्ता

म्याग्दी — जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता...

 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल...

न्यायपालिका सुधारका लागि सरोकारवालासँग छलफल

बलेवा । न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति अनियमितता तथा बिचौलियाबाट हुने प्रभाव कम गर्न गठित अध्ययन कार्यदलले बागलुङका सरोकारवालासँग छलफल गरेको छ । सर्वोच्च अदालतले गठन...

चर्चित

आज मंसिर १७ गते बुधबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र...

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी...

कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका...

फिल्म हल नखोल्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल फिल्म हल नखोल्न अनुराेध गरेकाे छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ...

सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी...

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य...

पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक...

नयाँ भवनमा प्रधानमन्त्री

काठमाडाैँ । साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ...

पाल्पामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडाैं । पाल्पामा थप २ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । पाल्पा र स्याङजाका थप एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएकाे लुम्बिनी...