नेप्सेको उकालो यात्रा कायमै, कारोबारमा समस्या

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्जको प्रणालीमा आएको समस्यामा कारण धितोपत्र बजारमा शेयर कारोबारमा समस्या देखियो । आज बिहान ११ः०० बजे कारोबार शुरु हुने बित्तिकै देखिएको समस्या दिउँसो ३ः०० बजेसम्म जारी रहेको थियो ।

समस्या समाधान नहुञ्जेलसम्म नेप्सेले कारोबार समय थप गरेको थियो । नेप्सेले कारोबार समय साँझ ५ः१५ सम्म थप गरेको थियो । थप गरिएको समयमा समेत भएको आजको कारोबारमा नेप्से परिसूचक ४.६४ विन्दुले बढेर एक हजार ४६२.६७ मा पुगेको छ । नेप्से बढे पनि सेन्सेटिभ परिसूचक भने ओरोलो लागेको छ । सेन्सेटिभ परिसूचक ०.८० ले घटेर २९६.२९ मा पुगेको छ ।

कूल १८६ कम्पनीका ३६ लाख ८५ हजार ९६३ कित्ता शेयर रु एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार ३०० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ ।

त्यसमा बैंकिङ ७.४४, विकास बैंक ०.४५ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटे । यस्तै व्यापार १८.०७, होटल ०=६३, जलविद्युत् ९.३९, वित्त १.६२, निर्जीवन बीमा ९४.३, उत्पादन २६.५६, अन्य २६.१३, लघुवित्त २.३७ र जीवन बीमा २६.३२ अङ्कले बढेको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३४ करोड ३२ लाख १० हजार २३५ बराबरको कारोबार भयो । यस्तै एनआरएन इन्फ्रास्ट्रकचर रु ११ करोड ८४ लाख ९० हजार १३०, नेको इन्स्योरेन्स रु आठ करोड ४४ लाख ५० हजार १७७ र शिवम् सिमेन्ट रु सात करोड ८९ लाख ८९ हजार ५८० बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, कारोबारका आधारमा आज एनआरएन इन्फ्रास्ट्रकचर ९.७६, नेपाल पुनरबीमा कम्पनी ८.६०, सिद्धार्थ इन्स्योरेन्स ८.१८, उन्नति सहकार्य लघुवित्त ७.९८, हिमालयन पावर पार्टनर ७.६४ र अरुण काबेली पावरका लगानीकर्ताले ७.६३ प्रतिशतले कमाए ।

त्यस्तै, तारागाउँ रिजेन्सी होटल ५.१६, लक्ष्मी इक्विटी फण्ड ३.६६, मल्पिर्पस फिनान्स कम्पनी ३.५४, युनियन हाइड्रोपावर ३.५१ र वेस्ट फाइनान्स कम्पनीका लगानीकर्ताले २.९४ प्रतिशतले गुमाए । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित