विश्व काेराेना अपडेट : साढे २ करोड मानिसमा संक्रमण पुष्टि, झण्डै ७० प्रतिशत निको

काठमाडौं – विश्वभर साढे दुई करोडभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ५६ हजार १८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै आइतबार यो समाचार तयार पार्दासम्म २ करोड ५१ लाख ६२ हजार १८९ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये ६९.५६ प्रतिशत अर्थात १ करोड ७५ लाख ४ हजार २१९ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ५ हजार २७९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ४६ हजार ६४२ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार १९७ जनाको मृत्यु भएको छ । ३५ लाख ३३ हजार २१७ जना संक्रमित भएकोमा २० लाख ५८ हजार ७२५ जना संक्रमणमुक्त भएका छन् । उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६९ हजार ७४७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७२ लाख ७० हजार ४१८ पुगेको छ । त्यसमध्ये ४१ लाख ८० हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३९ हजार ६३५ जनाको मृत्यु भएको छ । ६८ लाख ८९ हजार ११० जना संक्रमित भएकोमा ५४ लाख ९८ हजार ३५८ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९९ हजार ९३६ जनाको मृत्यु भएको छ । ६१ लाख ९८ हजार ४२६ जना संक्रमित भएकोमा ४७ लाख ६९ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ४७२ जनाको ज्यान गएको छ भने १२ लाख ४१ हजार ९१२ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ७२ हजार ९०८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६४० जनाको मृत्यु भएको छ । २८ हजार ३८५ जना संक्रमित भएकोमा २२ हजार ९०६ जना संक्रमणमुक्त भएका छन् ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित