काठमाडौं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्य घटेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा परिवर्तन भइरहेकाले नेपाली बजारमा पनि केहिदिन यतादेखि सुनको मूल्य घटवढ भइरहेको छ । अघिल्लो दिनको तुलनामा सूनको मूल्य शुक्रवार प्रतितोला ७०० रूपैयाँले घटेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजावी सुनको मूल्य भने प्रतितोला ९६ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रवार चाँदीको मूल्य प्रतितोला रू. १ हजार ३४० मा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीवार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको रू.९७ हजार १०० मा कारोबार भएको थियो ।