कोरोना संक्रमितको मृत्यु भएपछि नागरिक अस्पताल बन्द

भक्तपुर । कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

उच्च रक्तचापको बिरामी रहेकी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउँदै उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिइन । आजै मृतक परिवारको कन्ट्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले बताइन् ।

अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए । अस्पतालका निर्देशक श्रेष्ठले भने, “बिरामी अस्पताल आइपुगेर उपचार शुरु गर्दा नै मृत्यु भइसकेको थियो । हाम्रा डाक्टरले परिवारसँग बुझ्दा पाँचदिनदेखि ज्वरो आएको, वान्ता भएको, उच्च रक्तचापको औषधि सेवन गरिरहेको, घर मै बेहोस भएपछि अस्पताल ल्याएको जानकारी गराएपछि राति नै पीसीआर परीक्षणका लागि स्वाब पठाउँदा कोरोना सङ्क्रमण पुष्टि भयो ।”

कोरोना सङ्क्रमणका कारण महिलाको मृत्युपछि अस्पतालको आकस्मिक र ओपिडी आज र शनिबार दुई दिनका लागि बन्द गरिएको उनले जानकारी दिए । बिरामीसँग सम्पर्कमा आएका अस्पतालका चिकित्सक र नर्सलाई क्वारेन्टिनमा राख्ने र अस्पताललाई भाइरस निर्मलिकरण गरेर आइतबारदेखि मात्रै सञ्चालन गर्ने निर्देशक श्रेष्ठले बताए ।

भक्तपुरमा यसअघि कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुर स्थानीय दुईजनाको मृत्यु भएको थियो । गत शनिबार सूर्यविनायक निवासी ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौँको मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो भने सूर्यविनायक नपा १ सिरुटार निवासी ६८ वर्षीया एक महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म भक्तपुरमा स्थानीयको तीनको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

अहिलेसम्म भक्तपुरमा ३७५ जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ भने मध्यपुरथिमि नगरपालिकमा समुदायस्तर मै भाइरस फैलिएको पाइएको छ । अहिलेसम्म सबभन्दा बढी मध्यपुरथिमि नगरपालिकामा १५६, भक्तपुर नगरपालिकामा ६२ जना, सूर्यविनायक नगरपालिकामा ९४ जना र चाँगुनारायण नगरपालिकामा भने स्थानीय १९ जना र शसस्त्र प्रहरी गण दुवाकोटका २० शसस्त्र प्रहरीसहित ३९ मा सङ्क्रमित रहेका छन् ।

भक्तपुरमा समुदायस्तर मै कोरोना सङ्क्रमण फैलिदै गएको र मृतकको सङ्ख्यासमेत बढ्दै गएको भन्दै प्रत्येक नगरपालिकाले प्रत्येक घरको कम्तीमा एकजनाको पीसीआर गर्नुपर्ने स्थानीयले माग गरेका छन् । मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले भने सङ्क्रमण रोक्न पीसीआर परीक्षण बढाउने र अन्य उपायहरु अबलम्बन गर्ने गरी तयारी गरेको जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका भित्र सङ्क्रमण फैलिदै गएपछि नगरपालिका क्षेत्रभित्र तीन दिनभित्र २००० जनाको पीसीआर परीक्षण गरिने जानकारी दिए । उनले पीसीआर परीक्षणको दायरा बढाउँदै लैजाने, निषेधाज्ञा पूर्ण रुपमा लागू गराउने, क्वारेन्टिन, आइसोलेशनको शय्या विस्तार गर्ने कार्यमा लागिरहेको जानकारी दिए ।

यता सूर्यविनायक नगरपालिकाले पनि पीसीआर परीक्षणको दायरा फराकिलो बनाउँदै प्रत्येक वडामा स्वाब सङ्कलनको अभियान नै सञ्चालन गरेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिए । सङ्क्रमण नियन्त्रणका लागि योजना बनाएर अभियान सञ्चालन गरेको उनले बताए । रासस

ताजा अपडेट

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण पुष्टि

नवलपरासी । पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई बिहीबार कोरोना संक्रमण पुष्टि...

विद्युत प्राधिकरणलाई मन्त्रीको निर्देशन : दशैँका बेला कतै बत्ती ननिभोस्

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत्...

पछिल्लाे ६ महिनामा १६ सय ७३ महिला हिंसाका घटना सार्वजनिक

काठमाडाैं । पछिल्लाे ६ महिनाको अवधिमा देशभर १ हजार ६७३ वटा महिला तथा बालिकामाथि लैङ्गिक विभेदमा आधारित हिंसा भएको एक गैरसरकारी संस्थाको अभिलेखले देखाएको...

११ गतेसम्म नियमित पत्रकार सम्मेलन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भाेलीबाट पाँच दिन काेराेना अपडेट नगर्ने भएकाे छ । बडादशैँका कारण कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन...

गाेकुल बाँस्कोटालाई कोरोना संक्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । साथै उनकी धर्मपत्नी तारा मानन्धरलाई पनि काेराेना संक्रमण पुष्टि...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काेराेना संक्रमितकाे निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै सभापति देउवाले नागरिकको स्वास्थ्य...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पौडेलसँगै उनकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई...

चर्चित

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

नेपालमा बसिरहेका भारतीय यूवाहरूद्वारा कालाे दिवस मनाइँयाे

काठमाडाैँ। नेपालमा बसिरहेका भारतीय यूवाहरूले अक्टाेबर २२ तारेखका दिनलाई कालाे दिनकाे रूपमा मनाएकाे छन। काठमाडाैँकाे महराजगन्जस्थित रहेकाे पकिस्तान दूतावास अगाडि उनीहरूद्वारा निकालिएकाे र्यालीमा सहभागीहरूले विभिन्न...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

राष्ट्रपतिद्वारा ३ देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले जर्मनीका...

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८...

नगरप्रमुखसहित १८ कर्मचारीमा कोरोना, नगरपालिका कात्तिक १५ गते सम्म बन्द

कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । नगर प्रमुखसहित नगरपालिकाका १८ कर्मचारीको गत शुक्रबार स्वाब संकल गरी प्रादेशिक...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडाैं । सरकारले उच्च अदालतका न्यायाधीशलाई सैनिक विशेषज्ञ अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार...

विशेष अदालतको अध्यक्षमा न्यायाधीश कार्की नियुक्त

काठमाडौं । सरकारले उच्च अदालत दिपायलका न्यायाधीश प्रेमराज कार्कीलाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...