कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

काठमाडौं । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने जानकारी दिए । उनले अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइने जानकारी दिए ।

यसमा भर्ना हुँदा विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन । यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । विद्यार्थीले चाहेमा सातौँ विषयका रूपमा पनि अध्ययन गर्न पाउने व्यवस्था छ । कक्षा–११ पनि अब विद्यालय मातहतमै सञ्चालन हुने भएकाले विद्यार्थी भर्ना प्रक्रिया कक्षा–९ र १० को जस्तै गरी लिइनेभएको हो । एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना हुुँदैन र पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।

हतारमा निर्णय
राजधानीको विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्ब कँडेलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बुझाएर मात्रै यस खालको नीतिगत निर्णय गर्नुपर्नेमा त्यसमा हतार गरिएको बत९ाउनुभयो । यसबाट आफूहरू पनि अन्योलमा परेको उनले बताए ।

सङ्काय नमाने पनि विद्यालयले आन्तरिक रूपमा त्यसको अभ्यास गर्ने उनको भनाइ छ । विद्यार्थीलाई निश्चित समूहमा विभाजन गराएर नपढाएको अवस्थामा उच्च शिक्षामा विद्यार्थीको शैक्षिक यात्रा अन्योलमा पर्ने उनले बताए । बेलायतस्थित क्याम्ब्रिज प्रणालीको ‘ए’ लेभलमा भने यस खालको अभ्यास लामो समयदेखि गरिँदै आएको छ । नेपालमा पनि त्यस अनुसारको पठनपाठन हुुँदै आएको छ तर कक्षा–११ को हकमा यो नौलो भएको जनाइएको छ । शिक्षकको व्यवस्थापन गर्न विद्यालयलाई समस्या हुने भएकाले निश्चित समूहमा विद्यार्थीलाई विभाजन गराएर अध्यापन गराउन विद्यालय बाध्य हुने उनको भनाइ छ । गोरखापत्र दैनिकबाट

ताजा अपडेट

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

शुक्रबार गण्डकीमा थपिए २६९ काेराेना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार २६९ जना कोरोना संक्रमित थपिएका छन् । भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१५ का ८१...

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

एजेन्सी । ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको गएकाे छ। टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो ।...

इन्स्पेक्टर तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे छ । इन्सपेक्टर तिमिल्सिनाले विभिन्न मितिमा गरी...

बेनीमा फेरि लकडाउन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गर्ने निर्णय गरेकाे छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८०...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा कोरोना...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...