स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी

काठमाडाैँ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश सङ्कट व्यवस्थापन केन्द्र (पिसिएमसी)को बैठकले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने प्रदेशस्थित मेडिकल कलेजसहित निजी स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने तयारी थाल्ने निर्णय गरेको हो।

बैठकले समाजिक विकासमन्त्रीको संयोजकत्वमा सुरक्षा निकायका प्रमुखसमेत रहने गरी समन्वय समिति गठन गर्दै उक्त समितिले मेडिकल कलेजसहितका निजी स्वास्थ्य संस्थासँग कोरोना व्यवस्थापनको विषयमा पहिलो चरणमा छलफल गर्ने, मेडिकल कलेज तथा निजी अस्पताललाई सङ्घीय सरकारले तोकेको दर उपलब्ध गराई कोभिड उपचारका लागि प्रयोग गर्ने निर्णय गरेको छ ।

त्यसपछि पनि मेडिकल कलेज तथा निजी अस्पतालले कोभिड उपचारमा सहयोग नगरे कारवाही तथा दर्ता खारेजका लागि सङ्घीय सरकारमा लेखी पठाउने तथा कानूनबमोजिम कारवाहीका लागि मुद्दा प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। बैठकले प्रदेशमा समुदायस्तरमै फैलिँदै गएको कोरोना महामारी नियन्त्रणमा रहेका अप्ठ्यारा एवं सरकारले गर्नुपर्ने कामबारे जिल्लास्तरबाटै जानकारी लिन प्रदेशको चार स्थानमा दुई÷दुई जिल्ला समेटिने गरी बैठक गर्ने निर्णयसमेत गरेको छ । साथै प्रदेश सरकार र पिसिएमसीले विगतमा गरेका निर्णयहरु अविलम्ब कार्यान्वयन गर्न सरोकारवालालाई निर्देशनसमेत दिएको छ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको अति दुःखदायी तथा असहज परिस्थितिमा सबै नागरिकलाई बचाउने पहिलो जिम्मेवारी भएको हुनाले प्रदेश सरकार कठोरभन्दा कठोर कदम चाल्न बाध्य रहेको उल्लेख गरे । उनले यस विषम परिस्थितिमा सबै पक्षलाई आ–आफनो स्तरबाट सहयोग गर्न अपिलसमेत गरे।

यसअघि नै निर्णय भएको वीरगञ्ज, जनकपुर र राजविराजमा थप पिसीआर मेशिन जडान एवं गौरमा नयाँ ल्याब सञ्चालनकार्य अविलम्ब पूरा गर्नुका साथै महोत्तरीको जलेश्वरमा समेत नयाँ पिसीआर ल्याब सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा देखिएको जनशक्ति अभावलाई अविलम्ब करार सेवामार्फत परिपूर्ति गर्नसमेत समाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ। यसका साथै बैठकले कोरोना महामारी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्ने चिकित्सक, स्वाथ्यकर्मी एवं सुरक्षाकर्मीलाई प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने निर्णयसमेत गरेको छ।

ताजा अपडेट

‘बलात्कारी संगठन’ नामकाे फेसबुक सञ्चालक पक्राउ

काठमाडौं। फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा ग्रुप बनाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी-१ पाल्पाका अभिषेक नेपाल रहेको नेपाल...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ । मंगलबार...

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

एजेन्सी। भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

चर्चित

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी...