लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताएका हुन्।

उनले भने,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ। पार्टी भनेको सबै हो। अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन्।’उनले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाए।‘सबै एकै ठाउँमा आउनुहुन्छ। र, सहमति हुन्छ। सहमतिको विकल्प छैन्।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निश्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिलेपनि सहमति हुने उनको दाबी छ। उनले भने,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति हुने र सहमतिको विकल्प नभएको जिकिर गरे। यद्धपी उनले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाए। उनले भने‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिनेपनि उनले जनाए। एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशनपनि सहमतिकै आधारमा सम्पन्न गरिने उनको विश्वास छ।

उनले भने,‘हामी महाधिवेशनबाट नेतृत्वपनि सहमतिमै टुँगो लगाउँछौं।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पारे। उनले भने,‘म दुवै अध्यक्षको क्याम्पमा छु। दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ। यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ। र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही। तर, म एकताको पक्षमा छु। पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाईन हो।’

ताजा अपडेट

नेपालको आर्थिक विकासमा भारतको निरन्तरता

१९५१ मा १०४ बर्षे निरंकुश राणा शासनको अन्त्यसम्म नेपाल धेरै हदसम्म विश्वको अधिकांश देशबाट अलग्गै रहेको थियो। त्यसबेलासम्म, देशको अर्थव्यवस्था एक प्राथमिक अवस्थामा थियो।...

अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई

एजेन्सी । अमेरिकाले चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन्स, टिकटकमा प्रतिबन्ध लगाउन सकिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सो कुराको जानकारी दिए ।...

पाकिस्तानद्वारा अफगानिस्तानमा रकेट प्रहार, १५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानले दक्षिणी अफगानिस्तानमा रकेट प्रहार गरेको अफगान सेनाले बताएको छ । सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान...

‘चीन नेपाल, श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैछ’

एजेन्सी। अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका दक्षिण र मध्य एशियाका वरिष्ठ निर्देशक लिसा कर्टिसले चीन नेपाल र श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेकाे बताएका छन्। कर्टिसले हिजो...

समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियनद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

काठमाडाैँ । जनता समाजवादी पार्टीकाे जनवर्गिय संगठन समाजवादी ट्रेड युनियन महासंघसहित ६ वटा ट्रेड युनियन महासंघले संयुक्त रूपमा विराेध प्रदर्शन गर्दै र्याली निकालेका छन्। माइतीघर...

अफगानिस्तान र पाकिस्तानकाे सीमा क्षेत्रमा ब्यापक गाेलाबारी, सार्वसाधरणसहित सैनिककाे गयाे ज्यान

एजेन्सी ।  अफगानिस्तानकाे चमन प्रान्तमा अफगानिस्तानका जनता र पाकिस्तानी सेनाका बीच भिडन्त भइरहेकाे छ। छिमेकी अफगानिस्तानको सीमापारको हमलामा पाकिस्तानी सेनाका सैनिक मारिएपछि भिडन्त उग्र...

युनुसकाे जेलबाटै सुन तस्करीकाे यस्ताे खतरानाक डिजाइन

काठमाडौंको कमलादीमा बरामद भएको नक्कली सुनसँग भारतीय जाली नोटको तस्करीमा संलग्न युनुस अन्सारीको संलग्नता खुलेको छ। भारतीय नक्कली नोटको तस्करी कसुरमा केन्द्रीय कारागारमा कैद...

नायिका साम्राज्ञीले गरिन् यस्ताे खुलासा, अब के गर्लान भुवन केसी?

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथिको दुर्व्यवहारबारे बोल्दा उल्टै उनकै विरुद्ध अभिनेता/निर्देशक भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरे, साउन...

लेखराज भट्ट भने- सरकार र पार्टी दुवैमा ओलीको विकल्प छैन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने बताएका छन्। बिहीबार रिपोर्टर्स क्लब...

चर्चित

ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...

प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपामा हलचल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । पटक पटक टार्न खोजिएको स्थायी कमिटि बैठक आजबाट शुरु हुने भएको छ । बैठक...

नेपालको आर्थिक विकासमा भारतको निरन्तरता

१९५१ मा १०४ बर्षे निरंकुश राणा शासनको अन्त्यसम्म नेपाल धेरै हदसम्म विश्वको अधिकांश देशबाट अलग्गै रहेको थियो। त्यसबेलासम्म, देशको अर्थव्यवस्था एक प्राथमिक अवस्थामा थियो।...

राष्ट्रपतिसँग राजदूतको बिदाइ भेट

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन । सो अवसरमा उनीहरुबीच...