ओलीलाई टार्गेट गरी नेता भीम रावलले भने- सधै बैठकबाट भागेर पार्टी चल्दैन

काठमाडौँ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सधैं बैठकबाट भागेर निकास ननिस्किने स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । ओलीले पार्टी संगठनका बैठकमा सहभागी भएर निर्णय गरेर अगाडि बढ्नुपर्ने रावलको भनाइ छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकपछि रावलले भने, ‘सधैं बैठकबाट भागेर, बैठक नै नगरेर हुन्न । कि त पार्टी बिसर्जन हुनुपर्‍यो नत्र त बैठक नै नगरी, निर्णय नै नगरी पार्टी चल्छ त ?’

स्थायी कमिटीका २ आमन्त्रित सदस्यसहित ३१ जनाको बैठक बालुवाटारमा बसेको थियो । उक्त बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेताहरू सहभागी भएका थिएनन् । ओलीले आज बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको सूचना प्रवाह गराएका थिए, जसमा बहुमत पक्षको असहमति थियो ।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य सहभागी बैठकले त्यसरी एकतर्फी रूपमा बैठक स्थगित गर्ने अध्यक्ष ओलीको निर्णय अनुचित भएको निर्णय गरेको थियो । त्यस्तै, पार्टीलाई विधि, प्रणाली र परम्पराअनुसार बैठक सुचारु गर्नका लागि अध्यक्ष दाहालले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको रावलले बताए ।

रावलले स्थायी कमिटी बैठक पदसँग सम्बन्धित नभएको कुरा आफूले बैठकमा राखेको बताए । ‘यो बैठक कुनै पदसँग मात्रै सम्बन्धित छैन । यद्यपि पार्टीमा कुरागर्दाखेरि पदीय जिम्मेवारीको कुरा पनि आउला,’ उनले बैठकमा राखेका कुराबारे भने, ‘हामीले पार्टीको विधि, प्रणालीको कुरा गर्दा पदको कुरा मात्रै हो भनेर लगियो भने गलत हुन्छ । बैठकमा हामीले राष्ट्रिय सरोकारका विषय, पार्टीको विधि र गन्तव्य, नेपालको संविधान, पार्टीको नीति र प्रणालीको रक्षाको कुरा पनि सँगै कुरा उठाएका छौं । पदको लागि मात्रै हो भन्ने बाहिर प्रचार गरियो, यो गलत हो भनेको थिएँ ।’

पार्टीमा उठेका विषयको निराकरण बैठकबाट हुनुपर्ने आफूले कुरा राखेको रावलको भनाइ थियो । उनले भने, ‘यो दुईजना अध्यक्षको मात्रै विषय होइन, सिंगो स्थायी कमिटीको विषय हो । दुईजना मिल्ने बित्तिकै सबै चिज हुने, अरु कोही पनि होइन, अरुको अस्तित्व छैन भन्ने प्रकारले नसोचियोस् । पार्टीको बैठक महत्त्वपूर्ण हो र बैठकबाट सबै कुरा हुनुपर्छ भनेर कुरा राखेको हुँ ।’

पार्टीको आगामी बैठक प्रधानमन्त्री तथा अध्यक्ष ओली र अध्यक्ष दाहालसँगै वरिष्ठ नेताहरूबीच हुने कुराकानीले निर्धारण गर्ने रावलको भनाइ थियो ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित