‘सरकारले गरेका काम नदेख्ने समाजमा मोतियाबिन्दु लागेको छ’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना रोकथाम र नियन्त्रणमा सरकारले चालेका कदमको आलोचना गरेकोमा आपत्ति जनाएका छन् । उनले सरकारको प्रसंसा नगर्नुको पछाडि ‘सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको’ रूपमा अर्थ्याएका छन् ।

वीर अस्पतालको १३१औं वार्षिकोत्सव कार्यक्रममा सोमबार मन्त्री ढकालले भने, ‘हामीले निर्वाह गरेको भूमिका विदेशीले देखेका छन् । देश र विदेशमा बसेका नेपालीले देखिसक्दैनन् । मलाई लाग्छ यो सकारात्मक पक्ष नदेख्ने हाम्रो संस्कारमा मोतियाबिन्दु लागेको छ ।’

नेपाल संस्कार र संस्कृतिको धनी भए पनि समाजले भने सकारात्मक पक्ष नदेख्ने गरेको मन्त्री ढकालको भनाई थियो । सरकार र चिकित्सकहरूले कोरोना संक्रमितलाई खोजीखोजी उपचार गरिरहे पनि त्यसलाई नदेखेको उनको भनाइ थियो । ‘यो लडाइमा हामीले टर्च बालेर, यो ठाउँमा यो गाउँमा कोही छ कि पोजेटिभ भनेर खोजेर पत्ता लाग्ने बित्तिकै अस्पतालमा ल्याएर उपचारको व्यवस्था गरेका छौं,’ उनले भने ।

विश्वका शक्ति सम्पन्न राष्ट्रहरूको भन्दा पनि राम्रोसँग कोरोना भाइरसविरुद्ध नेपाल सरकारले लडेको मन्त्री ढकालको भनाइ थियो । ‘कोभिड- १९ बाट मृत्यु हुनेको प्रतिशत विश्वमा कति छ ? हामीले २ प्रतिशतभन्दा माथि चढ्न दिएका छैनौं । यो एकदमै सकारात्मक पक्ष हो,’ मन्त्री ढकालको भनाइ थियो, ‘हामीले राज्यको तर्फबाट पहल गरेका छौं । ७० प्रतिशत बढी संक्रमित घर फर्किएका छन् । हामीले देख्न सकेका छैनौं ।’

कोरोनाविरुद्ध सरकार अभावहरूका बीचमा पनि सही ढंगले लडेको उनको भनाइ थियो । तर, सरकारका आलोचकहरूले भने आलोचनामात्रै गरिरहेको बताए । उनले हिम्मत भएकाहरूलाई कमजोर बनाउन कोरोनाको माध्यमबाट नियतसहित लागेर बदनाम गराएको आरोप लगाए । ‘सुरुमा नेपालमा कोभिड किन आएन भनियो । आएपछि अन्त त फटाफट मरिरहेका छन् नेपालमा किन कोही मरेन भनियो । जब तीनवटै कुरा भयो अनि सरकारको अयोग्यता र असफलता हो भनियो,’ ढकालको गुनासो थियो ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका लागि सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा अनियमितता भएको भन्दै प्रश्न उठिरहेको छ । ओम्नीले किनेका सामग्रीमा संसदको लेखा समिति र अख्तियारले छानबिन गरिरहेको छ । त्यस्तै, पछिल्लो समय स्वास्थ्य मन्त्रालयले नै दैनिक १० हजारको पीसीआर परीक्षण गर्ने घोषणा गरेको थियो । तर, दैनिक ३ देखि ४ हजार व्यक्तिमा मात्रै पीसीआर परीक्षण गरिँदै आएको छ ।

स्वास्थ्य मन्त्रालयले गरेको घोषणाअनुसार पीसीआर परीक्षण गर्न र खर्च पारदर्शी गराउन भन्दै सडकदेखि संसदसम्म आवाज उठेको थियो । जसको जवाफमा मन्त्री ढकालले सरकारले गरेका राम्रा काम नदेखेको भन्दै प्रतिक्रिया दिएको बुझिएको छ । कान्तिपुर दैनिकबाट

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...