सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय भएको छैन : महासंघ

काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सोमबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने विषयमा कुनै निर्णय भइनसकेको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगिएको जनाएको हो ।

सरकारले गत असार २३ मा छोटो दूरीमा सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णयपछि व्यवसायी र मजदूर सङ्गठन नियमित विभागसँग छलफल गरिरहेका छन् । मजदूरको कोरोना बीमा र चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा अहिले विभागमा सरोकार राख्ने निकायका प्रतिनिधि बोलाएर छलफल भइरहेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

केही दिन पहिले मात्रै काठमाडौँ उपत्यकाका केही स्थानीय तहका प्रमुखसँग सवारीसाधन चढ्नु पहिले हात धुनका लागि साबुनपानीको व्यवस्था कसले गर्ने भनी छलफल भएको थियो । उनले भने, “सार्वजनिक सवारीसाधनबाट सङ्क्रमण नफैलियोस् भनेर तयारी गरेर मात्रै चलाउने गरी हामी नियमित छलफलमा छौँ ।”

केही दिन पहिलेदेखि काठमाडौँ उपत्यकालगायतका शहरमा केही सार्वजनिक सवारीसाधन सञ्चालनमा छन् । देशभरमा अधिकांश सवारीसाधन भने सञ्चालनमा छैनन् । कोभिड–१९ को सङ्क्रमण फैलिएको समयमा सवारीसाधन सञ्चालनका लागि विभागले गत महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनेको उहनको भनाइ छ ।

मजदूरको स्वास्थ्य बीमा, कुनकुन ठाउँबाट यात्रु चढ्ने, हात धुने ठाउँको व्यवस्थालगायतका विषयमा बृहत् तयारी गरिरहेको उनको भनाइ छ । उनले भने, “सार्वजनिक सवारीसाधन सञ्चालन कसरी हुनेछ भनी हामी चाँडोभन्दा चाँडो पत्रकार सम्मेलनमार्फत जानकारी गराउनेछौँ ।” काठमाडौँ उपत्यकामा साझा यातायात, सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले भने थोरै सङ्ख्यामा बस सञ्चालन गर्न थालेका छन् । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...