भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै, बीबीसीसहितका सञ्चार माध्यममा ओलीका कार्टुन

काठमाडाैँ । प्रधानमन्त्री ओलीको कारण भारतमा नेपालको ‘सोसल एस्सेट’ गुम्दै गएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे गरेको टिप्पणी अहिले भारतमा ट्राेलको विषय बनेको छ । प्रधानमन्त्री ओलीले राम जन्मिएको अयोध्या चितवनको ठोरीमा रहेको बिबादीत तर्क गरे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली २०७५ वैशाख २८ गते उस्तै कपडामा सजिएर राम भारतको अयोध्यामा जन्मेको र सीता नेपालमा जन्मेको मन्तव्य दिएका थिए । ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात समेत गरेका थिए। तर अहिले ओलीले दिएको वक्तव्यको विरोध भएको छ ।

उनको पटक पटकको विवादित वक्तव्यबाजीले नेपाल र भारतबीच शताब्दीऔंदेखिको धार्मिक र सांस्कृतिक सम्बन्धलाई समेत विवादित बनाइदिएको छ।

उनको अभिव्यक्ति नेपालभित्रका बौद्धिक समुदाय, राजनीतिकर्मी, पत्रकार, तथा सामाजिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिको बिरोध गरेका छन्। भारतमा भने ओलीको अप्रासंगिक र अनुपयुक्त अभिव्यक्तिहरुलाई कार्टुन तथा मजाकको बिषय बनाउँन थालिएको छ।

ओलीले यसअघि पनि संसदको रोस्टमबाट प्रधानमन्त्री ओलीले भारतीय नीति “सत्यमेव जयते हो की सिंहमेव जयते हो” भनेर प्रश्न गरे ओलीले संसदमा चीनको भन्दा भारतबाट आएको कोरोनाभाइरस खतरनाक भन्ने समेत दावी गर्न भ्याए।

गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा ओलीले भारतले आफूलाई प्रधानमन्त्री पदबाट सत्ताच्युत गर्न लागेका र त्यसमा नेपालकै नेताहरु समेत संलग्नता रहेको बताए । राष्ट्रपति माथि महाभियोग लगाउने तयारी भैरहेको छ भने हल्का टिप्पणी पनि गरे ।

यतिमात्र होइन नेपालीको इम्युनिटी पावर धेरै छ कोरोना संक्रमण बढिरहेका बेला ओलीले संसद्मा कोरोना अदुवा र बेसार पानीले निको हुन्छ भन्दा सर्वत्र आलोचित बने ।

आदिकवि भानुभक्तको जन्मजयन्तीको प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा भारतको अयोध्या त नक्कली हो । भारतले नेपालको संस्कृति माथि अतिक्रमण गरेको छ । जस्ता बिबादास्पद तर्क अघि सार्दै भारतीय जनतालाई समेत ओलीले तरङ्गीत बनाइदिए ।

भारतसँगको जनस्तरको सम्बन्धमा समेत एकपछि अर्को प्रहार गर्दै आएका ओलीले नेपाललाई रुचाउने भारतीय जनतासमेत उत्तेजित बनाउने काम भइरहेको छ।

यस्ता अभिव्यक्तिले राजनीतिक ईख नेपाल प्रतिको सोच भारतको जनस्तरमा समेत फैलिने खतरा छ । देशको प्रधानमन्त्रीको यस्तो तथ्यहीन आरोपहरुले उनको विश्वसनीयता मात्र गुमेको छैन नेपालीप्रतिको सेन्टिमेन्टमै प्रहार हुने खतरा बढेको छ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...