वीरगन्जमा यौन दुर्व्यवहारको आरोपमा ३ स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । वीरगन्जको विर्ता स्थित अली अर्थो एण्ड ट्रमा हस्पिटलमा उपचारका क्रममा महिला बिरामीसँग दुर्व्यवहार (यौनजन्य) गरेको आरोपमा प्रहरीले ३ पुरुष स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको छ। हार्डजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रोशन अलीले संचालन गरेको अली अर्थो एण्ड ट्रमा हस्पिटलमा कार्यरत एहसान हुसैन, सुल्तान मियाँ र सरफुदीन मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अस्पतालको आइसियु कक्षमा भर्ना भएकी वीरगन्ज ३१ बेल्वा इस्लामपुरकी २१ वर्षीया महिलासँग उपचारका क्रममा हुसेन र मियाद्वयसहित चार जना स्वास्थ्यकर्मीले यौन दुर्व्यवहार गरेको आरोप छ। हस्पिटलको आइसियु कक्षमा उपचारका क्रममा मङगलबार राति पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलासँग दुर्व्यवहार गरेको घटना बुधुबार बिहान मात्रै सार्वजनिक भएको हो।

मङगलबार बेलुका भर्ना भएकी महिलाको लुगा फेर्ने बहानामा चार जना पुरुष स्वास्थ्यकर्मीले बिरामी महिलाको संवेदनशील अंग छुनुका साथै चलाएको आरोप पीडित महिलाका आफन्तको छ। बिरामी महिलालाई मङगलबार राती खाना खुवाउन जाँदा आफूहरुलाई आइसियु कक्षमा प्रवेश गर्न पनि नदिएको आफन्तले बताए।

बुधबार बिहान बिरामीलाई भेट्न आइसियु कक्षमा जाँदा आफ्नी आमासँग पीडित महिलाले विलौना गर्दै आफूसँग स्वास्थ्यकर्मीले गलत व्यवहार गरेकाले तुरुन्तै अस्पतालबाट निकालेर घर लैजान बताएपछि मात्रै यो घटना बाहिर आएको हो। बिरामी महिलाले आफूसँग भएको व्यवहारबारे आफन्तलाई बताएपछि बुधबार बिहान महिलाका आफन्तले दोषीलाई पक्राउ गरी कारवाहीको लागि प्रहरीमा खबर गरेका थिए।

त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निर्मल पनेरुसहितको प्रहरी टोलीले अस्पतालको आइसियु कक्षमै पुगेर पीडित महिलासँग सोधपुछ गरी आरोपित मध्येका ३ स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो। तीनै जनालाई वडा प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पनेरुले बताए।

बाँकी आरोपितलाई पनि तत्कालै प्रहरीमा उपस्थित गराउन अस्पताल प्रशासनलाई निर्देशन दिइएको पनेरुले जानकारी दिए। अस्पतालका सन्चालक डाक्टर रोशन अलीले आइसियु कक्षमा रहेकी बिरामी महिलाको स्वास्थ्य परीक्षणका लागि छातीमा ट्युब लगाउने काम मात्रै गरिएको तर कुनै प्रकारको दुर्व्यवहार भने नभएको बताए। बिरामी महिलाले लगाएको आरोपका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकोले यस विषयमा अहिले नै आफूले केहि बोल्न नसक्ने उनले बताए।
‘प्रहरीले अनुसन्धान गरिरहेको छ’, उनले भने,‘यदि अनुसन्धानमा दोषि देखिन्छन् भने उनीहरूलाई कारवाही हुनैपर्छ। अनुसन्धनामा अस्पतालले प्रहरीलाई सहयोग गर्छ।’

तर बिरामी महिलाका आफन्तले भने उपचारका क्रममा बिरामी महिलाको कुनै प्रकारको चेकजाँच गर्दा महिला चिकित्सक वा महिला स्वास्थ्यकर्मीले मात्र गर्न पर्ने, महिला स्वास्थ्यकर्मी नभएको अवस्थामा आफन्तको उपस्थितमा मात्रै पुरुष चिकित्सक वा स्वास्थ्यकर्मीले परीक्षण गर्नुपर्ने नियम रहेको बताएका छन्।

महिलाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको नियत ठिक नभएको कारण नै ती महिलासँग स्वास्थ्यकर्मीले दुर्व्यवहार गरेको आरोप उनीहरुको छ। १० दिन पहिले वीरगन्जकै एक निजी अस्पतालमा जुम्लयाहा बच्चालाई जन्म दिएकी ती महिलाको स्वस्थ्यमा समस्या आएपछि चिकित्सककै सल्लाहमा उनलाई मङगलबार बेलुकी अली अर्थो एण्ड ट्रमा हस्पिटलको आइसियु कक्षमा भर्ना गरिएको थियो। अन्नपुर्ण पाेष्टबाट

ताजा अपडेट

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

शुक्रबार गण्डकीमा थपिए २६९ काेराेना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो शुक्रबार २६९ जना कोरोना संक्रमित थपिएका छन् । भने तीन जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१५ का ८१...

चितवनमा कारको ठक्करबाट महिलाको मृत्यु

भरतपुर । चितवनमा कारको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१, ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट पैदलयात्री खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

टर्की र ग्रीसमा शक्तिशाली भूकम्प

एजेन्सी । ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको गएकाे छ। टर्कीको इजमिर प्रान्तमा गएको ७.० म्याग्निच्युडको भूकम्पको कम्पन एथेन्स र इस्तानबुलसम्म महसुस गरिएको थियो ।...

इन्स्पेक्टर तिमिल्सिना बागमती प्रदेशको सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । इलाका प्रहरी कार्यालय बनेपा काभ्रेमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) योगेन्द्र तिमिल्सिनालाई बागमती प्रदेशको उत्कृष्ट प्रहरी घाेषणा गरिएकाे छ । इन्सपेक्टर तिमिल्सिनाले विभिन्न मितिमा गरी...

बेनीमा फेरि लकडाउन

म्याग्दी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गर्ने निर्णय गरेकाे छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८०...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कुस्मामा कात्तिक २१ गतेसम्म निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्वतले सदरमुकाम कुस्मामा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले सूचना जारी गर्दै सदरमुकाम कुस्मा बजारमा कोरोना...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...