भारतले गरेको चिनियाँ एपमाथिको प्रतिबन्धको स्वागत गर्दै अमेरिकामा पनि प्रतिबन्धको तयारी

वाशिङ्टन । भारतले चिनियाँ एपमाथि लगाएको प्रतिबन्धको निर्णय अमेरिकाले स्वागत गरेको छ । अमेरिकाले पनि टिकटकलगायतका चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने बारे विचार गरिरहेको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा यस विषयलाई गम्भीररुपमा लिएको बताएका छन् । उनले भने, “चिनियाँ एप्सप्रति सम्मानका साथ म तपाईंलाई विश्वस्त पार्न चाहन्छु कि अमेरिकाले यस विषयमा सोचिरहेको छ ।”

टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाउँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुनसक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाई छ ।

वाशिङ्टका एक उच्च कुटनीतिज्ञले यदि तपाईंको व्यक्तिगत सूचना चिनियाँ कम्युनिस्ट पार्टीको हातमा जाओस् भन्‍ने चाहनु हुन्छ भने मात्रै चिनियाँ एप डाउनलोड गर्न सक्ने बताएका छन् ।

पोम्पिओको अभिव्यक्तिपछि टिकटकले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “टिकटकको सीईओ अमेरिकन हुनुहुन्छ र अन्य थुप्रै सुरक्षा, उत्पादन, पब्लिक पोलिसीलगायतका क्षेत्रमा सयौं अमेरिकीहरु मुख्य भूमिकामा हुनुहुन्छ । हाम्रो प्रयोगकर्ताको सुरक्षा नै हाम्रो उच्च प्राथमिकतामा छ । हामीले चीन सरकारलाई टिकटकको डाटा कुनै पनि हालतमा उपलब्ध गराउँदैनौं ।”

गत साता भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्धमा पनि कोरोना भाइरसको संक्रमणका कारण दरार पैदा भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको निष्पक्ष छानबिनको माग गर्दै संक्रमण फैलाउन चीन सहयोगी भएको आरोप लगाइरहेका छन् ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...