ताइवानीलाई सम्बोधन गर्दै दलाई लामाले भने – म ताइवान आउन इच्छुक छु

एजेन्सी । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामाले आफ्नो ८५ औं जन्मदिनको एक दिनअघि ताइवानीहरुलाई सब्धोन गर्दै आफू ताइवान आउन इच्छुक भएको बताएका छन् ।

उनले भिडियो कन्फरेन्समारफत गरेको सम्बोधनमा ‘एट भर्सेस फर ट्रेनिङ दी माइन्ड’ सम्बन्धी आफ्नो प्रवचन दिएका थिए । उनले ताइवानीहरुलाई भने, “मैले ताइवानमा पहिलो पटक भेटेदेखि नै ताइवानीहरु मेरो हृदयमा हुनुहुन्छ । मलाई लाग्छ कतिपय मेरा पुराना साथीहरु पनि हुनुहुन्छ र तपाईंहरु निरन्तर मेरो दिमाग र हृदयमा हुनुहुन्छ । आज म गेसे लाङ्‌ग्री ताङ्पाका “मष्तिष्कको प्रशिक्षणसम्बन्धी आठ हरफ’ वाचन गर्न चाहन्छु ।”

उनले आफू ताइवान आउने विश्वास व्यक्त गरे । उनले भने, “राजनीतिक परिदृश्य परिवर्तन भएपछि ताइवानमा आउने आशा छु । जे भए पनि तपाईंहरु मेरो आत्मामा हुनुहुन्छ । स्वस्थ रहनूस्, धन्यवाद ।”

सन् १९५९ मा चीनले तिब्बतमाथि हस्तक्षेप गरेपछि लामा निर्वासनमा गएका थिए । नोबल शान्ति पुरस्कार विजेता लामा एकता र करुणाका सन्देशवाहक हुन् ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित