‘केपी ओली भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा छन्!’

नयाँदिल्ली । पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् ।

खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् । नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार आउन थालेका छन् । यस्तैमा भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ले हालै प्रधानमन्त्री केपी ओलीमाथि एक आरोप सहित विशेष रिपोर्ट तयार पारेको छ ।

जहाँ ओलीले सत्ता टिकाउन कम्युनिस्ट पार्टी फुटाउन खोजेको दावी गरिएको छ । साथै उनी चीन र पाकिस्तानसँग पनि सम्पर्कमा रेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारको पछिल्ला निर्णयमा चिनियाँ दूतावासको पनि हात रहेको उक्त रिपोर्टमा दावी छ । यस्तै चीन र पाकिस्तान समेत ओली सरकारलाई बचाउन लागिपरेको रिपोर्टमा उल्लेख छ ।

ओलीले राजीनामाको दबाब आएपछि नै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्न पुगेको रिपोर्टमा छ । र उनले पार्टी फुटाउने अध्यादेश ल्याउँदै गरेको बताइएको छ । रिपोर्टका अनुसार प्रधानमन्त्री ओलीले भारत विरोधी फैसलाका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्पर्क गरेका थिए । रिपोर्टमा उल्लेख छ, ‘हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँस्थित चिनियाँ दूतावासको पनि हात रहेको छ ।’

ओलीलाई पार्टीभित्र स्थायी कमिटीका नेताहरुले राजीनामा मागेको जसले गर्दा उनलाई दबाब बढेको पनि रिपोर्टमा उल्लेख छ । ओलीले अघिल्लो साता मात्रै नेपालको भूमि फिर्ता ल्याएकाले भारतले आफूलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए ।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...