भारतीय संचारमाध्यम र वेबसाईटमाथि प्रतिबन्ध

एजेन्सी । केही दिन अघि भारत सरकारले सुरक्षा चुनौती देखाउँदै ५९ चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि जवाफस्वरुप चीनले पनि भारती य सञ्चार माध्यम,वेवसाईट तथा च्यानलमा प्रतिबन्ध लगाएको छ ।

तर भारतले एप्समाथि प्रतिबन्ध लगाएपनि चिनियाँ समाचारपत्र र वेभसाइटमाथि भने प्रतिबन्ध लगाएको छैन । चिनियाँ सरकारले भारतीय समाचारपत्रमाथि प्रतिबन्ध लगाएपछि कयौं मानिसहरु भारतीय समाचारपत्र र वेभासाइट पढ्नबाट बञ्चित भएका छन् ।

त्यस्तै चीनमा केबल नेटवर्क र भारतीय टिभी च्यानल(डिटिएच) पनि बन्द गरिएको जनाइएको छ ।त्यहाँ भारतीय टिभी च्यानलहरु इन्टरनेट प्रोटोकल (आईपी) टिभी अर्थात इन्टरनेटमार्फत हेर्न सकिन्थ्यो । त्यस्तै चीनमा पछिल्ला २ दिनदेखि आइफोन र डेस्कटपसँगै एक्सप्रेस भीपीएनमार्फत हुने काम पनि रोकिएको छ ।

भीपीएन एक शक्तिशाली उपकरण हो, जसले प्रयोगकर्ताहरुलाई सरकारी इन्टरनेट जडानका साथै निजी नेटवर्कहरु निर्माण गर्ने अनुमति दिन्छ । यसमा प्रयोगकर्ताको गोपनियता र पहिचान समेत लुकाइएको हुन्छ ।

भीपीएन प्रविधिले आइपी ठेगाना लुकाइदिने सामथ्र्य राख्दछ, ताकि प्रयोगकर्ताको अनलाइन कार्य पत्ता नलागोस् । तर चीनले यसलाई समेत ब्लक गरिदिन सक्ने प्रविधि निर्माण गरेको छ ।

यद्यपि, भारतीय सञ्चारमाध्यामहरुले भने चीनका ५९ वटा एप्सहरु प्रतिबन्धित हुनुअघि नै चीनले भारतीय समाचारपत्र र वेभसाइटहरुमाथि प्रतिबन्ध लगाएको आरोप लगाएका छन् ।

चीन भारत सीमा बिवादका कारण २० भारतीय सैनिनको ज्यान जाने गरि भएको झडपपछि दुई देशबीच टकराव चुलिँदै गएको छ ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...