‘अध्यक्ष र प्रधानमन्त्री दुवै छाड्दिनँ’

काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् ।

‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं, म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले बताए । दाहाल नेपाल समूहले दुवै पदबाट राजीनामा दिन माग गरेको छ ।

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए । ‘बिहान दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने भन्ने समझदारी भएको रहेछ । त्यो समझदारीविपरित ओलीले त्यस्तो निर्णय गरेपछि हामीले कुरा गर्न पठाएका थियौं । तर, अध्यक्ष दाहाल र महासचिव पौडेलसँग ओलीले दुवै नछाड्ने अडान लिएर बसेका रहेछन्,’ ती नेताले भने ।

संसद् अधिवेशन अन्त्य गरेर ओलीले पहिला जस्तो पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने र पार्टी फुटाउने दिशामा जान लागेको देखिसकेपछि नेताहरुले दाहाललाई राष्ट्रपतिसँग पनि छलफलका लागि पठाएका थिए । ‘यसअघि जुन अध्यादेश ल्याउँदा सारा जनताले विरोध गरे त्यस्तै अध्यादेश ल्याउँदा राष्ट्रपतिले त सोच्नु पर्छ नि भन्न दाहाल शितलनिवास पुग्नु भएको हो,’ ती नेताले भने ।

ओलीको यस्तो भनाईपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ । यद्यपि औपचारिक घोषणा नगरेकाले संवाद गर्नुपर्ने यो समूहको भनाई छ । बिहिबार बालुवाटारमा जारी छैटौं दिनको स्थायी कमिटी बैठक केहिबेर स्थगित गरेर अध्यक्ष दाहालले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए ।

‘पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ, गरौं,’प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठकमा दाहालले सुनाएका थिए।

सचिवालयका ती नेताले भने, ‘पार्टी नफुटाउने उपाए पनि छ एउटा । ओलीज्यू, तपाई जीवन रहने बेलासम्म अध्यक्ष बन्नुस्, तपाई प्रधानमन्त्री पनि बन्नुस् । हामी दास र रैति हुन पाउँ । विदेशीलाई जे-जे गरेपनि तपाईले गर्नुस् भनेपछि पार्टी एकता बच्छ भनेर सुम्पने । नत्र केपी ओलीले पार्टी फुटाईसके ।’

स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ ।

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८...

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं...