नेदरल्यान्ड । कोरोना महामारीका बीचमा पनि युरोपमा जिहादी आतंकवाद जारी रहेको र अतिवादी दक्षिण र वामपन्थीद्वारा खतरा उत्पन्न गराएको युरोपियन युनियन टेरोरिजम सिचुएसन एन्ड ट्रेन्ड रिपोर्टले जनाएको छ ।
युरोपियन युनियनको एजेन्सी फर इन्फोर्समेन्ट को-अपरेसनले गरेको उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ, “महामारीको संकटको मौका छोपेर जिहादी आतंकवादमा संलग्न चरम दक्षिण र वाम पन्थी कार्यकर्ताहरुले आफ्नो लक्ष्य पूरा गर्न लागिरहेका छन् ।”
कोरोना नियन्त्रणका लागि जारी गरिएको लकडाउनको सुरुआती चरणमा विश्वभर महामारीले पारेको आर्थिक र सामाजिक सम्भावित असरलाई उल्लेख गर्दै केही टीई-एसएटी ट्रेन्ड पहिचान गरिएको थियो । यो अभियानले केही व्यक्तिहरुको वैचारिक अनुभूतिलाई परवाह नगरी कट्टरपन्थीकरणमा जोड दिइएको थियो ।
आतंकवादको विश्वव्यापी स्थितिलाई विश्लेषण गरिएको उक्त रिपोर्टमा इराक र सिरियामा रहेका इस्लामिक स्टेटसँग सयौं युरोपियनहरुको साँठगाँठ रहेको खुलासा गरिएको छ ।
सन् २०१९ मा ईयुका सदस्य राष्ट्रहरुमा विभिन्न प्रकारका ११९ आतंकवादी आक्रमण भएको उक्त प्रतिवेदनले जनाएको छ ।
सन् २०१९ मा एक हजार ४ जनालाई आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा नियन्त्रणमा लिइएको छ। गत वर्ष ईयूका सदस्य राष्ट्रहरुमा २१ जिहादी आक्रमण भएका थिए । जसमा १४ लाई निस्क्रिय पारिएको थियो, चार सफल हुन सकेनन् भने तीन आक्रमण भएका थिए । तीनवटा सफल आक्रमणमा १० जनाले ज्यान गुमाएका थिए ।
उक्त अध्ययन प्रतिवेदनका अनुसार अलकाइदाले पश्चिमा र पश्चिमी स्वार्थ रहेका मुलुकहरुलाई निशाना बनाइरहेको छ । सन् २००१ को आक्रमणका क्रममा अलकाइदाका नेताले भनेका थिए, “अमेरिकाले आक्रमणबाहेको भाषा बुझ्दैन । त्यसकारण अमेरिकी स्वार्थ रहेका विश्वमा आक्रमण जारी राखिनेछन् ।” एजेन्सी