नागरिकताबाट पतिको नाम हटाउने प्रस्ताव

काठमाडौं । विवाहित महिलाले आफ्नो नागरिकताबाट पतिको थर हटाई आमा वा बुवाको नामथर राखेर अर्को नागरिकता लिने प्रावधानसहित राज्यव्यवस्था समितिले नागरिकता संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधिसभामा पठाएको छ। समिति सभापति शशि श्रेष्ठले (झुक्याएर) यस्तो प्रावधान राखेर प्रतिवेदन पठाएको भन्दै सत्तासीन नेकपाकै सांसदले असन्तुष्टि जनाएका छन्।

विवाहित महिलाले पतिको थर हटाउँदै गए तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने, पतिको थर राख्न नपाउँदा समाज विभाजित हुने, जातीय विभेद कायमै रहने उनीहरूको तर्क छ। सभापति श्रेष्ठले असार ९ गते प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा पतिको थर राखिएका नागरिकता सच्याएर महिलाले आमा वा बुवाको थर र अन्य विवरण राखी अर्को नागरिकता लिने प्रावधान राखिएको छ। महिलाले पतिको थर राखेर अर्को नागरिकता लिन बन्देज गर्न खोजिएको नेकपाका सांसदको आरोप छ। श्रेष्ठको धारणा भने ‘इच्छुकका लागि मात्र’ छ।

समितिले नागरिकता ऐेनको दफा १७ मा उपदफा ३ थपेर यस्तो प्रावधान राखेको छ। ‘विवाह वा सम्बन्धविच्छेद भएकी महिलाले थर, वतन वा अन्य विवरण संशोधन गरी आफ्नो आमा वा बाबुको थर, वतन, वा अन्य विवरण राख्न चाहिँ निवेदन दिएमा तोकिएको अधिकारीले आवश्यक कुरा बुझी पहिले लिएको नागरिकताको प्रमाणपत्र खिची एक पटकको लागि थर, वतन वा विवरण संशोधन गरी अर्को नागरिकता प्रमाणपत्र दिन सक्नेछ’, विधेयकमा छ।

विवाहित महिलाले पतिको थर हटाएर नागरिकता लिने र छोराछोरीलाई माइतीकै थर राखेर नागरिकता दिन थाले हाडानाताभित्र विवाह हुने र सामाजिक संरचनामै असर पर्ने समितिका सदस्यको तर्क छ। ‘सम्बन्धविच्छेद भएका महिलाले बाबु वा आमाको नागरिकतातिर फर्किन पाउनु राम्रो हो’, नेकपा सांसद विजय सुब्बाले अन्नपूर्णसँग भने, ‘तर, विवाहित महिलाका हकमा यस्तो व्यवस्था गर्नु उचित होइन।’

समितिमा पारित नभई झुक्याएर यस्तो प्रावधान राखेर सभापति श्रेष्ठले प्रतिवेदन तयार पारेको सुब्बाको आरोप छ। ‘उपसमितिमा कुरा नमिलेपछि यो विषय समितिलाई नै टुंगो लगाउने जिम्मा दिएका थियौं’, उनले भने, ‘समितिमा छलफल र निर्णय नगराई एकाएक प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पठाइएको रहेछ।’

नागरिकता विधेयकमाथि छलफल गर्न सुब्बाकै संयोजकत्वमा उपसमिति बनेको थियो। ‘यो प्रावधानले तेस्रो पुस्तामा हाडानाताबीच विवाह हुने र कुनै महिलाले चाहे पतिको थर राख्नै नपाउँदा सामाजिक रुपमा अप्ठ्यारो पर्ने निश्चित छ’, सुब्बाले भने, ‘ऐन, कानुनमै पतिको थर राख्न नपाउने व्यवस्था गर्न मिल्छ र ? ’ वंंश परम्परा तोड्ने नाममा पतिको थर नराख्ने भए विवाहपछि महिलाले बाबुकै थर राख्नुको खासै अर्थ नभएको तर्क उनले गरे। भने, ‘आफ्ना निजी स्वार्थका लागि सिंगो महिला वर्गलाई विभाजन गर्न मिल्दैन।’

अर्का सांसद झपट रावलले समितिमा पारित नै नभएको विषय प्रतिवेदनमा समेटेर प्रतिनिधिसभामा पेस गरिएको दाबी गरे। ‘विदेशीलाई नागरिकता दिने प्रावधान विधेयकमा राख्ने प्रयास असफल भएपछि एनजीओ मानसिकताले यस्तो प्रावधान राखिएको हो’, उनले भने, ‘यो विषय समितिबाट टुंगो लागेकै छैन। यसलाई सच्याउनुपर्छ।’

नेपालमा भएका थरहरू सबै बुवाको आधारमा राखिएको तर्क उनले गरे। भने, ‘या त म कसैको थर राख्दिन भन्नुभयो। होइन भने पतिको थर हटाएर बुवाको थर राख्ने कुरामा केही भिन्नता छैन।’ विधेयकमा पतिको थर हटाएर बाबु, आमाको थर राख्न पाइने भए पनि पहिले नै नागरिकता लिएका महिलाले पतिको थर राख्न नपाउने प्रावधान राख्नु उचित नभएको सांसदहरूको भनाइ छ।

समिति सचिवालय भने निर्णय हुनुभन्दा पाँच दिनअगावै प्रतिवेदन सबै सांसदलाई वितरण गरिएको, निर्णयको दिन कुनै पनि सांसदले कुरा नउठाउँदा पारित भएको बताउँछ। ‘समितिमा सहमति भएकोे बाहेक विषयहरु प्रतिवेदनमा आउँदैनन् र आएका छैनन्’, सभापति श्रेष्ठले भनिन्।

सांसद सुब्बाले भने विदेशी ज्वाइँ र विदेशी बुहारीलाई सात वर्षपछि नागरिकता दिने प्रावधानमा मुख्य विवाद रहेकाले सबैको ध्यान त्यसमै केन्द्रित भएकाले पतिको थर फेर्ने विषयमा समितिमा छलफल र निर्णय नै नभएको बताए। ‘सभापतिले प्रतिवेदन हेर्नुहोस् त भन्नुभएको थियो’, उनले भने, ‘सबैले विदेशी बुहारी र ज्वाइँका विषयमा जोड दियौं। तर, पतिको थर फेर्ने प्रस्ताव गरिएको होला भन्नेतिर ध्यानै दिएनौं। झुक्याएर प्रतिवेदनमा राखिएको रहेछ। यस्तो कुरा राखेर ल्याउँदा सभापतिले छलफल गराउने र निर्णय प्रक्रियामा लैजानुपथ्र्यो।’

नेकपाका सांसदको बहुमतबाट पारित विधेयकमा नागरिकता लिइसकेपछि लिंग परिवर्तन भए परिवर्तित लिंगअनुसारको अर्को नागरिकता दिनुपर्ने, कसैले जात जनाउने शब्दको सट्टा समुदायभित्रको थर राखेर अर्को नागरिकता लिन चाहे सोहीअनुसार अर्को नागरिकता पाउने र कसैले बाबुको पहिचान नभएको भनी लिएको नागरिकतामा बाबुको नाम रहेको महल खाली राखेर अर्को नागरिकता लिने प्रावधान विधेयकमा गरिएको छ।

नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी बुहारीले सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने विधेयकको प्रावधानप्रति विपक्षी कांग्रेस र मधेसकेन्द्रित दलले विरोध गरिरहेका छन्। विदेशी बुहारीलाई मात्र होइन, विदेशी ज्वाइँलाई पनि नागरिकतामा समान हक दिनुपर्ने नेकपाकै महिला सांसदको जोड छ। अन्नपुर्ण पाेष्ट

ताजा अपडेट

१३ जिल्लामा छन् ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित

काठमाडौं । नेपालमा शनिबार ३८ हजार ५ सय ८४ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ सयभन्दा बढी काेराेनाका सक्रिय संक्रमित रहेका...

क्लिन फिडका कारण अब उपभोक्ताले बढी शुल्क तिर्नुपर्ने

काठमाडाैं । टेलिभिजन वितरकहरुले क्लिन फिड पूर्ण रुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च...

प्रदेश १ मा थपिए २२२ कोरोना संक्रमित

काठमाडाैं । प्रदेश १ मा शनिबार २२२ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। सामाजिक विकास मन्त्रालयले दिएकाे जानकारी अनुसार मोरङमा १ सय २६, सुनसरीमा...

दिल्लीमाथि मुम्बईको शानदार जित

काठमाडौं । आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटलमाथि ९ विकेटको शानदार जित निकालेकाे छ । दिल्लीले दिएकाे ११० रनकाे सामान्य लक्षय मुम्बईले १५ औं ओभरमा...

डडेल्धुरामा ११ जुवाडे पक्राउ

डडेल्धुरा । जिल्ला प्रहरी कार्यालय डडेल्धुराले ११ जना जुवाडेलाई पक्राउ गरेको छ। डडेल्धुराको अमरगढी नगरपालिका-५ बस्ने मनोज सिजापतीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएकाे...

सुदूरपश्चिमका कानुनमन्त्री शाहलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामान्य पखाला लागेपछि शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका...

बालिका बलात्कार आरोपमा पक्राउ

इलाम । इलाका प्रहरी कार्यालय नयाँबजार, इलामले १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा माइजोगमाई गाउँपालिका–५ का २०...

बागमतीका मुख्यमन्त्री कोरोना मुक्त

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमण मुक्त भएका छन् । प्रादेशिक प्रयोगशाला धुलिखेलमा शनिबार गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको...

आमा कुट्ने छाेरा पक्राउ

सिरहा । ईलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाले ८५ वर्षीया आमालाई कुटपिट गरेकाे आराेपमा उनकै छाेरालाई पक्राउ गरेकाे छ । आफ्नै आमा सुदामा देवी साहलाई कुटपिट...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

मुकेश चाैरसियाकाे आठ दिनपछि अन्त्येष्टि

पर्सा । नेपाल काम्युनिस्ट पार्टी (नेकपा) पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको आज अन्त्येष्टि गरिएको छ । मृत्यु भएकाे आठ दिनपछि चौरसियाको...

देहरादुन घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय 

काठमाण्डौ । सरकारले भारत उत्तराखण्डको देहरादुनमा रहेको एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाली विद्यार्थीका विषयमा...

कलाकार सुशीला दाहालको निधन

काठमाडाैं । कलाकार सुशीला दाहालको निधन भएको छ। पेल्भिक क्यान्सरबाट पीडित दाहालको अमेरिकाको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा बिहीबार बिहान ६७ वर्षको उमेरमा निधन भएको हो। कलाकार...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

भारतीय सेना प्रमुखको नेपाल भ्रमणले सम्बन्ध सुधार होला ?

काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न सहयोग प्रदान गर्दैआएको छ । महामारीका लागि भारत सरकारले...

राजतन्त्र फर्काउने भन्दै राजावादीहरु सडकमा

जनकपुर । राष्ट्रवादी नागरिक समाजको अगुवाईमा राजतन्त्र फर्काउन अभियान शुरु गरेका छन् । राजतन्त्र फर्काउनका लागि राजावादीहरुको सक्रियता बढाउदै जनकपुरधाममा शनिबार र्याली निकालिएको छ...