सिंहदरबार अघि प्रहरीमाथि नै जाइलागे चिनियाँ नागरिक (भिडियोसहित)

काठमाडौं । कोरोनाका कारण देशमा लकडाउन जारी रहेको समयमा शुक्रबार अपराह्न सिंहदरबारमा झडप भयो । घर फर्कन माग गर्दै असनमा सिंहदरबारको मुख्य गेट अगाडि बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो ।

घर फिर्ताको माग गर्दै धर्ना दिएका उनीहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

२५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो । चिनियाँहरु भित्र पस्न खोजे, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने ।

झडपमा परि केही चिनियाँ नागरिक र नेपाल प्रहरीका डीएसपीसमेत घाइते भएका छन् । चिनियाँले हानेको ढुंगा लागेर महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी हरि बस्नेत घाइते भएका हुन् ।

झडप भएपछि प्रहरीले त्यस छेउछाउमा रहेका प्रदर्शन गरिरहेका ४७ चिनियाँ जनालाई नियन्त्रणमा लिएर नगर प्रहरी कार्यालयमा राखेको छ ।

कोरोना भाइरस महामारीका कारण जारी लकडाउनका कारण नेपालमा रोकिएको र आफूहरुलाई घर पठाउन नेपाल स्थित चिनियाँ दूतावासले चासो नदिएपछि उनीहरु सिंहदरबार अघि धर्ना बसेका थिए ।

त्यसअघि उनीहरु बिहीबार भृकुटीमण्डपमा रहेको पर्यटन बोर्डको कार्यालय अघि धर्ना दिन पुगेका थिए ।

नेपाल प्रहरीमाथि हात हाले
आफ्नो देश जान पाउँ भन्दै सिंहदरबार अघि हातमा ‘आई वान्ट टु गो होम, ‘ नो मनी, निड गो होम’ लगायतका प्लेकार्ड लिएर बसेका उनीहरुलाई सुरुमा प्रहरीले निषेधित क्षत्रबाट हटाउन खोजेको थियो ।

ठेलमठेल भइरहँदा एक जना चिनियाँ नागरिकले प्रहरीको बर्दी समाएर ताने । त्यसपछि विवाद थप चर्कियो । हटाउन आएका नेपाल प्रहरीमाथि चिनियाँहरु आक्रमणको शैलीमा उत्रिए । प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि चिनियाँहरु आक्राम भए । चिनियाँहरुले प्रहरी अधिकारीको बर्दी तान्ने गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो ।

एक चिनियाँ महिलालाई लठ्ठी चार्ज गरेसँगै केही चिनियाँ प्रहरीमाथि जाइलागे । पछि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

एसएसपी ज्ञवालीले उनीहरुलाई नियन्त्रणमा लिइएको र नेपालस्थित चिनियाँ दूतावासलाई जानकारी गराउने बताए ।

‘हामीले उनीहरुलाई पठाउने होइन, अब हामीले यसबारे चिनियाँ दूतावासलाई जानकारी पठाउने हो,’ उनले भने ।

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं...

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

संकटको घडीमा नेपाली जनता अभिभावकविहीन बने : ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले संकटको घडीमा अहिले नेपाली जनता अभिभावकविहीन टुहुरा बनेका बताएका छन् । बिहीबार विजया दशमी २०७७ को उपलक्ष्यमा ‘शुभकामना सन्देश’ जारी...