लकडाउनमा मेलम्ची खानेपानीको काम जारी

काठमाडौँ – बन्दाबन्दीको एक महिना बिते पनि काठमाडौँवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ। आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले बताए। आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन्। सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए।

बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो। एक महीनामा सुन्दरीजलको काम सक्ने सहमति छ। सुन्दरीजलमा आठ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ। उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ। एक महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि सक्ने गरी काम भइरहेको जनाइएको छ। असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ।

पानी झरेपछि सुन्दरीजलका दुई प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ। पानी वितरणका लागि पहिलो चरणको सञ्जाल उपत्यकाभर निर्माण भइसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। सञ्जाल निर्माणमा दोस्रो चरणको काम पनि भइरहेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहान क्षेत्रमा हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए। बन्दाबन्दीमा पनि सुरक्षाका सबै विधि अपनाएर आयोजनाको काम भइरहेको छ। सुन्दरीजल र मेलम्ची दुवैतिर काम गर्ने कामदारलाई कार्यस्थलमै आवासीयरूपमा बस्ने व्यवस्था निर्माण कम्पनी सिनो हाइड्रोले गरेको छ।

मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किमीको सुरुङ तयार भइसकेको छ। सुरुङभित्र फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको जनाइएको छ। बन्दाबन्दीले काममा केही प्रभाव परे पनि असारको आसपासमा पानी ल्याउने आयोजनाको लक्ष्य जारी छ। यसअघि विसं २०७३ देखि पटकपटक मेलम्चीको पानी राजधानीमा ल्याउने मिति सारिँदै आएको छ। रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...