बैठकमै सांसदले मागे अर्थमन्त्रीको राजीनामा, पार्टीभित्र खैलाबैला!

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल, कर्णाली प्रदेशको असार १३ र १४ गते २३ घण्टा चलेको बैठक बिना निष्कर्ष टुंगियो । बैठकमा सांसदहरुले मन्त्रीहरुको निर्वाचन क्षेत्रमा बजेट केन्द्रित गरेको, आफू निकटलाई आर्थिक वर्षको अन्त्यतिर सरकारी रकम बाँडेको, भ्रष्ट्राचार बढेको, गलत बजेटका कारण प्रतिपक्षले लगातार सदन अवरुद्व पारेको, सरकारका कारण पार्टी बदनाम भएको भन्दै आक्रोश पोखेका थिए ।

साेही क्रममा सांसद खड्कबहादुर खत्रीले अर्थमन्त्री ज्वालाले ल्याएको बजेट जनभावना र कानुन प्रतिकुल भएको भन्दै नैतिकताकोे आधारमा राजीनामा दिन माग गरेका थिए । बैठकमा सहभागी अर्का एक सांसदका अनुसार, अर्थमन्त्रीको भाषण र रातो किताबको बजेट विवरण फरक परेको र यही कारण प्रतिपक्षी दल नेपाली काग्रेसले गत वर्षजस्तै संसद अवरुद्ध गरेको भन्दै खत्रीले ज्वालाको चर्को आलोचना गरे ।

पार्टीकै सांसदले अर्थमन्त्रीकाे राजीनामा माग्नु र आलोचना गर्दा प्रदेश स्तरिय संगठनमा खैलाबैला मच्चिएकाे छ।

आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाको बजेट भाषण र बजेट किताबमा उल्लेखित रकमको विवरण ठूलो अन्तर देखिन्छ । कर्णाली प्रदेश सरकारले आगामी आवका लागि ल्याएको ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमध्ये योजना विनै रोजगारी, भोकमरी, कोरोना महामारीमा रकम विनियोजन गरेको भनेर चर्को आलोचना भइरहेको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश सरकारले विनियोजन विधेयकको भावना विपरीत वार्षिक विकास कार्यक्रम ल्याएको भन्दै एक सातादेखि संसद अवरुद्ध गरिरहेको छ । वार्षिक विकास कार्यक्रममा पुँजीगत र चालु प्रशासनिकसहितको शीर्षकमा बजेट विनियोजन नभएको, गोलमोटल बजेटले पुँजीगत शीर्षक अन्र्तगत सार्वजनिक निर्माण कार्यका लागि ‘एकमुष्ट’ भन्ने शीर्षकमा एक अर्ब ७२ करोड ९६ लाख बजेट छुट्याएको, बजेट भाषण र वार्षिक किताबमा फरक विवरण देखिएको लगायतका त्रुटि नसच्याए बजेट पास हुन नदिने कांग्रेसको भनाइ छ ।

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...