प्रधानमन्त्रीले भने- निजी क्षेत्रलाई अख्तियार लाग्दैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी व्यवसायीलाई अप्ठ्यारो पार्ने काम सरकारले नगर्ने बताएका छन् । उनले सरकारको नियत उद्योगी व्यवसायीलाई अप्ठ्यारो पार्ने, हतोत्साही बनाउने, असहयोग गर्ने भन्ने नै हुँदैन, यो सरकारले सोच्न सक्ने विषयसमेत होइन भने ।

नेपाल उद्योग परिसङ्घको सत्रौँ वार्षिक साधारणसभालाई सोमबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने, अहिलेका साझा समस्यालाई साझा ढङ्गले नै समाधान गर्नुपर्छ । सरकार उद्यमी व्यवसायीको साथमा छ । सरकारले निजी क्षेत्रलाई अख्तियार लगाउँदैन ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार बढाएर निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने निष्कर्षमा सरकार नपुगेकाले त्यो प्रक्रिया स्थगित गरिएको जानकारी दिए। निजी क्षेत्रलाई नियमन गर्ने थुप्रै निकाय छँदैछन् भन्दै प्रम ओलीले स्पष्ट पारे। पार्नुभयो, अहिले अख्तियार ल्याउनु आवश्यक छैन । यसलाई सरकारले अघि बढाउँदैन ।

राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्र र सरकारको छुट्टाछुट्टै तर समपूरक भूमिका निर्वाह गरेको टिप्पणी प्रधानमन्त्री ओलीको थियो । निजी क्षेत्र उत्पादन, वितरण, व्यापार, आयात, निर्यात जस्ता गतिविधि गरेर अर्थतन्त्र, राजस्वमा योगदान गर्ने र सरकारले त्यसको उचित नियमन, रेखदेख र निजी क्षेत्रको योगदानलाई सदुपयोग गरेर देश विकासको प्रयासमा लाग्ने उनको भनाइ थियो ।

कोरोनाले परेको घाटा तथा कठिनाइ समीक्षा गर्न निजी क्षेत्रलाई आग्रह गर्नुहुँदै प्रधामन्त्री ओलीले आफ्ना क्षेत्रगत हित मात्र नसोचेर समग्र राष्ट्रिय अर्थतन्त्रमा हित गर्नेगरी निष्कर्ष निकाल्न साधारण सभालाई आग्रह गरे। उहाँले निजी क्षेत्रका विभिन्न सङ्गठन रहे पनि समस्याका विषयमा साझा दृष्टिकोण र पहल आवश्यक हुने आँैल्याए । गाेरखापत्र दैनिकबाट

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...