ओलीको अभिव्यक्तिप्रति भारतमा चासो

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षड्यन्त्र गरिरहेको भनी दिएको अभिव्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षड्यन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए । ‘तपाईंहरूले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीवीको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयन्त्र अचम्मसँग सक्रिय छ,’ उनले भनेका थिए । उनले काठमाडौंस्थित भारतीय दूतावासको सक्रियता र होटलहरूमा भइरहेका गतिविधिका साथै दिल्लीका सञ्चारमाध्यमका सामग्रीबाट त्यो प्रस्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरूले सोमबारको संस्करणमा विशेष प्राथमिकताका प्रकाशन गरेका थिए । ओलीको अभिव्यक्तिलाई प्राय: सबैजसो मिडियाले सरकार सञ्चालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्किँदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रूपमा अथ्र्याएका छन् । त्यसैगरी दिल्लीस्थित नेपाल मामिलाका जानकार तथा कूटनीतिज्ञहरूले पनि ओलीको पछिल्लो अभिव्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रूपमा लिएका छन् । यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको सम्भावनालाई थप पर धकेलेको समेत उनीहरूको भनाइ छ ।

नेपालले सुगौली सन्धिलाई आधार बनाएर लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई समेत समेट्दै नयाँ राजनीतिक नक्सा प्रकाशन गर्दै संविधानसमेत संशोधन गरेयता दिल्ली र काठमाडौंबीच संवादहीनता छ । नेपालले सीमा विवाद सुल्झाउन भारतले वार्ताका लागि चासो नदेखाएको बताउँदै आएको छ भने भारतले नक्सा प्रकाशनलगायत नेपालको कामप्रति असन्तुष्टि जनाएको छ । यसले दुवै देशबीचको उच्च राजनीतिक र कूटनीतिज्ञ तहमा विश्वासको संकट चुलिन पुगेको छ । यसै पृष्ठभूमिमा प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले दुवै पक्षबीच अविश्वास थप बढाउने अनुमान छ ।

ओलीको उक्त अभिव्यक्तिलाई भारतका धेरैजसो प्रमुख अखबारले सोमबार पहिलो पृष्ठमै स्थान दिएका थिए । प्राय: सबै मिडियाले ओलीले नयाँ नक्साको विषयमा जसरी सबैतिरबाट समर्थन पाएका थिए, त्यसअनुसार पार्टीभित्र भने उनको लोकप्रियता नरहेको दाबी गरेका छन् । नेपाल मामिलाका जानकारहरूलाई उद्धृत गर्दै ओलीको भनाइले सरकारभित्रको आन्तरिक कमजोरीका साथै भारतसँग सम्बन्ध टुटेको दर्शाएको समेत उल्लेख गरेका छन् ।

ओलीको भनाइप्रति नेपालका लागि भारतका पूर्वराजदूतहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले आफ्नो पार्टीभित्रको विवादलाई सुल्झाउन नसकेर दुई/दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट यस किसिमको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले ट्वीटरमा प्रतिक्रिया जनाउने क्रममा ओलीको आरोप नयाँ नभएको जनाएका छन् । ‘यो उही पुरानै गीत हो । कहिलेसम्म ओलीले यो गीत बजाइरहन्छन् ?’ सुदले लेखेका छन् ।

नेपालका लागि भारतका अर्का पूर्वराजदूतले प्रधानमन्त्री ओलीले पार्टीभित्रका विपक्षीलाई तह लगाउन यो आरोप लगाएको बताएका छन् । ‘भोलि सरकार ढल्ने स्थिति भयो भने आफ्ना विरोधीलाई भारतको समर्थक भनेर आरोप लगाउन पाइयोस् भनेर उनले त्यस्तो भनेका हुन्,’ नाम उल्लेख गर्न नचाहेका ती पूर्वराजदूतले भने । उनले सरकार ढाल्न कस–कसले मिटिङ गरिरहेका छन् भन्ने प्रधानमन्त्रीलाई थाहा नहुने कुरै नभएको भन्दै यस्ता अभिव्यक्तिले उनकै सार्वजनिक गरिमामा असर पर्ने बताए । ‘उहाँमा शासन गर्नका लागि चाहिने केही योजनाको अभाव भएजस्तो छ, नत्र दुई/दुई पटक प्रधानमन्त्री भइसकेको मान्छेको आफ्नै गरिमा र छवि हुन्छ, त्यस्तो व्यक्तिबाट यस किसिमको अभिव्यक्ति अपेक्षा गरिँदैन, यो दुर्भाग्यपूर्ण हो,’ उनको भनाइ छ । कान्तिपुर दैनिकबाट

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...