भारतीय सञ्चार माध्यमकाे दाबी: आईएसआई समर्थित आतंककारी समूह नेपालमा भारतविरोधी गतिविधिमा सक्रिय

एजेन्सी । पाकिस्तानको इन्टर-सर्भिस इन्टेलिजेन्स समूहले समर्थन गरेको समूहमा नेपालमा सक्रिय भएको भारतीय संञ्चार माध्यामले समाचार  प्रकाशित गरेकाे छ। पाइएको छ । उक्त समूहले नेपालमा रहेका भारतविरोधी गतिविधि सञ्‍चालन गरिएको पाइएको छ ।

आईएसआईले नेपाली भूमिलाई लामो समयदेखि भारतविरोधी गतिविधि सञ्‍चालन गरेको पाइएको हो । यद्पि स्रोतका अनुसार यो पछिल्लो भारत-नेपाल सीमा समस्या हुनुअघि झन बढेको बताइएको हो । “पाकिस्तानले भारतविरुद्ध नेपाललाई एक मोहराका रुपमा प्रयोग गरिरहेको छ । केही आईएसआईका प्रतिनिधिहरु नेपाली सेनामा पनि रहेका छन्,” स्रोतले भन्‍यो ।

नेपाल-भारत सीमा क्षेत्रमा आईएसआई समूको उपस्थिति बढेकोसमेत बताइएको छ । सन् १९५० को शान्ति तथा मैत्रीसन्धि अनुसार नेपाल-भारतका नागरिकहरु खुला सिमानाका कारण निर्वाध एकअर्को मुलुक आवतजावत गर्ने गरेका थिए ।

केही समयअघि अवैधरुपमा नेपालमा बसिरहेको भन्‍ने सूचनाका आधारमा केही पाकिस्तानी नागरिकहरुलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको सम्पर्क पाकिस्तानी आतंकवादी समूहसँग भएको पाइएको थियो ।

अतिवादी र जिहादीहरु पनि नेपालमा लुकेर बसिरहेको भन्‍ने विभिन्न‍ पटक नेपालमाथि आरोप लाग्‍ने गरेको छ । पाकिस्तानले नेपालस्थित कुटनीतिक मिसनलाई गतलरुपमा प्रयोग गरिरहेकोसमेत बताइएको छ ।

त्यसैगरी नेपालबाट गएका भनिएका एक व्यक्ति सोमालियाका सुरक्षा फौज र मुस्लिम अतिवादी समूह अलसबाबबीचको गोलाबारीमा मारिएका छन् । सोमालियाको राष्ट्रिय रेडियोले बिहीबार भएको कारबाहीका क्रममा अल सबाबका लडाकुलाई तालिम दिने असरफ आज्मी अबु हामदान मारिएको बताएको छ।

सरकारी रेडियोका अनुसार मारिएका हमदान नेपालबाट गएका हुन् । उनी उक्त इस्लामिस्ट समूहका वरिष्ठ प्रशिक्षक भएको बताइएको छ ।

हमदानको मृत्युको समाचार बेलायती समाचार संस्था रोयटर्सले पनि लेखेको छ । हमदान दक्षिण सोमालियाको मध्य जुबा क्षेत्रमा मारिएका हुन् ।

सोमालियाको केन्द्रीय सरकारलाई हटाएर आफ्नै मुस्लिम सरिया कानुनसहितको शासन स्थापना गर्न अलसबाब सन् २००८ देखि युद्धमा छ । त्यति टाढाको युद्धमा सहभागी हुन नेपालका हामदान कसरी पुगे भन्नेबारे केही खुलासा भइसकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको सम्बन्धित स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...