अमेरिकाका लागि चिनियाँ राजदूतले जासुसका नियुक्त वैज्ञानिक!

एजेन्सी । अमेरिकाका लागि चिनियाँ राजदूतले र वाशिङ्टनस्थित चिनियाँ कुटनीतिज्ञले न्युयोर्कमा गोप्यरुपमा सहयोगका लागि वैज्ञानिक नियुक्त गरेको खुलासा भएको छ ।

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) का अनुसार चिनियाँ कुटनीतिज्ञहरुले अमेरिकामा गोप्यरुपमा वैज्ञानिक नियुक्त गरी विभिन्‍न अनुसन्धान गराइरहेका छन् । गत वर्ष संघीय अदालतमा आरोपपत्र दायर भएको थियो भने त्यसको सुनुवाई अप्रिलमा भएको थियो । जसले अमेरिकामा भइरहेका चिनियाँ रणनीतिहरुको खुलासा गरेको छ ।

अमेरिकी अधिकारीहरुले बेइजिङको जासुसी क्षमताप्रति ध्यानाकर्षण भएको जनाएका छन् । अमेरिकामा चीनका लागि मोलिक्युलर जेनेटिक र स्टिम सेल सिस्टमसम्बन्धी काम गरिरहेको पाइएको हो ।

यस्ता चिनियाँ गतिविधिले अमेरिकाको राष्ट्रिय सुरक्षा र प्रविधि र मानव संशाधनमाथि खतरा उत्पन्‍न गराउने अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अदालतमा आरोपपत्र दायर भएका ती वैज्ञानले सन् २००९ मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए भने उनले वर्षौंदेखि अमेरिकामा जेनेटिकसम्बन्धी अनुसन्धान गरिरहेका छन् । ती वैज्ञानिक अहिले चीनको सार्थन मेडिकल युनभर्सिटी काम गरिरहेका छन् ।

अमेरिकी आन्तरिक सुरक्षा विभागका अनुसार ती वैज्ञानिकले सन् २०१७ को अक्टोबरदेखि सन् २०१८ को अक्टोबरसम्म करिब ३०० दिन अमेरिकाबाहिर रहेर काम गरेका थिए । ती वैज्ञानिक चीनका हजारौं बौद्धिक कार्यक्रममासमेत संलग्‍न भएको एफबीआईको रिपोर्टले जनाएको छ ।

आरोपपत्रको संशोधन नगरिएको अंशमा सन् २०१३ देखि अमेरिकाका लागि राजदूत रहेका सुई त्याङ्सीको नाम उल्लेख गरिएको छन् । चिनियाँ दूतावासले उक्त आरोप अस्वीकार गरेको छ । दूतावासाका प्रवक्ता फाङ होङले भनिन्, “उक्त आरोपमा अरु केही नभएर गलत मनसायको बनावट हो ।”

अमेरिकी कानुन मन्त्रालयले सन् २०१८ देखि नै चिनियाँ जासुसको खतरा रहेको उल्लेख गरेको थियो । यसअघि अमेरिकामा केही वैज्ञानिहरुलाई जासुसी गरेको आरोपमा प्रकाउसमेत गरेको थियो । जसमध्ये ५४ वैज्ञानिकले आफ्नो जागिर नै गुमाएका थिए ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित