वीरगन्ज । चीनविरुद्ध वीरगन्जमा प्रर्दशन भएको छ । नेपाल विद्यार्थी संघ पर्साले नेपाली भुमि कब्जा गरेको भन्दै चीन विरुद्ध वीरगन्जमा प्रर्दशन गरेको हाे । नेवि संघमा आवद्ध विद्यार्थीहरुले चीन विरुद्ध विरोध प्रर्दशन गर्दै चीनका राष्ट्रपति सिजीनपीङ्गको पुतला दहन समेत गरेका छन्। माईस्थान चोकबाट निकालिएको विरोध जुलुस घण्टाघर चोकमा पुगि चीनका राष्ट्रपती जीनपीङ्गको पुतला दहन गरेका हुन ।
विरोध जुलुसमा सहभागि विद्यार्थीहरुले गो ब्याक चाईना, हाम्रो भुमी मिच्न पाईदैन, मिचिएको भुमि फिर्ता गर, चिनिया राष्ट्रपती मुर्दाबाद लगायतको नारा लगाएका थिए ।स्थानिय प्रहरीको आँखा छल्दै माईस्थानबाट विरोध जुलुस तथा घण्टाघर नजिकै रहेको व्याहुत गल्ली गरी दुई स्थानबाट चीन विरुद्ध जुलुस निकालिएको थियो । व्याहुत गल्लीबाट चीनका राष्ट्रपतिको पुतला दहन सहितको विरोध जुलुस निकालेर घण्टाघर चोकमा भेला भएका थिए ।
घण्टाघर चोकमा भेला भएका विद्यार्थीहरुले चिनिय राष्ट्रपती जीनपिङ्गको पुतला जलाएका थिए । पुतला नियन्त्रण लिन प्रहरीलाई हम्मे हम्मे परेको थियो । विरोध जुलुस पश्चात आयोजित कोणसभालाई सम्बोधन गर्दै नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अर्बो रुपैया खाएर चीनलाई नेपाली भुमि बेचेको आरोप लगाए ।
हाम्रो आन, वान र सान हो रुपमा रहेको सगरमाथालाई चीनले पटक पटक रणनिति बनाएर कब्जा गर्न खोजेको छ, उनले भने, नेपालका कम्युनिष्टले चीनका कम्युनिष्ट संग सम्झौता गरेर अर्बो रुपैया लिएर नेपाली भुमी सोपेका छन, तर हामी आफनो एक ईन्च भुमि चीनलाई मिच्न दिदैनौ ।
अहिले पनि उत्तरतर्फको चाईना संग टाँसिएको सात जिल्लाको भुमि चाईनाले मिचि सकेको छ तर हाम्रो देशको प्रधानमन्त्रीलाई आफनो भुमिको ख्याल छैन । खाली दक्षिण तर्फको विरोध गरेर हुदैन, चीनले भुमी मिचेको बारे प्रधानमन्त्री नबोलेपछि हामी विरोधमा उत्रिनु परेको उनले बताए ।