एजेन्सी। चीनले उत्तरपश्चिमको सिन्जियाङ स्वायत्त क्षेत्रमा रहेका लाखौं उइगर समुदायर र अल्पसंख्यम मुस्लिम समुदायलाई दबाउनका लागि आतंकवादीहरुलाई प्रयोग गरिरहेको खुलासा भएको छ ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको एक प्रतिवेदनका अनुसार चीनले आतंकवादीहरुलाई विभिन्न शान्तिपूर्ण धर्ना र विभिन्न माग राखेर आन्दोलन गरिरहेकाहरुविरुद्ध प्रयोग गरिरहेको छ ।
बेइजिङले ‘अतिवादी’ को संज्ञा दिइएका उइगर समुदायमा विशेष गरी चीनले यस्तो अभियान चलाएको छ । कुनै प्रमाण र तथ्यविना चीनले त्यहाँका मानिसहरुलाई दुख दिने काम गरिरहेको छ ।
उक्त प्रतिवेदनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले सन् २०१७ को अप्रिलदेखि १० लाखभन्दा बढी उइगर समुदाय र अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई विभिन्न राजनीतिक, धार्मिक, भाषिक र सांस्कृतिक कारण देखाउँदै नियन्त्रणमा लिइएको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर यातना दिने, बेपत्ता पार्ने र शारीरिक दुर्व्यवहार गर्ने काम भइरहेकोसमेत बताइएको छ ।
त्यसैगरी चीनले अन्तर्राष्ट्रिय आतंकवादी समूह अलकाइदा र आईएसआईएसलाई पनि विभिन्न मुलुकविरुद्ध प्रयोग गरिरहेको छ ।
त्यसैगी चीनले आन्तरिक र अन्तर्राष्ट्रिय ‘साइबर आतंकवाद’को त्रास देखाउँदै अनलाइन स्पिच र मोबाइल कम्युनिकेसनमा कडाइसमेत गरिरहेको छ ।