इन्टरपोलको सर्वाधिक खोजीमा रहेका अभियुक्तलाई पक्राउ

काठमाडौं । वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्तलाई १५ वर्षपछि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले वन्यजन्तु अपराधका फरार मुख्य अभियुक्त हुम्ला नाम्खा ६ घर भई कामपा ६ वौद्ध बस्ने ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई १५ वर्षपछि पक्राउ परेका हुन्।

२०६२ साल भदौमा रसुवामा वन्यजन्तुको तस्करीमा संलग्न भई फरार रहेका मुख्य अभियुक्त तामाङलाई बिहीवार कामपा ६ सिमलटारबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार तामाङको ५ जनाको समूह २०६२ साल भदौ १६ गते रसुवा (साविकको स्याफ्रु गाविस ९) मा पाटेबाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३८ थान र बाघको हड्डी ११३ केजी र आखेटोपहारसहित समातिएको थियो। तामाङ भने सुरुदेखि नै फरार थिए। पाँच जनाले भने दोषी ठहर भई कैद भुक्तान गरी सकेका छन्।

वन्यजन्तु सम्बन्धी विभिन्न अपराधमा संलग्न मुख्य अभियुक्त तामाङ सिआईबीसहित इन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा रहेका थिए। तामाङलाई आवश्यक कारवाहीको लागि आजै लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवामा बुझाइएको ब्यूरोले जनाएको छ। तामाङविरुद्ध राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बिरुद्धको अपराधमा मुद्दा चलाइने छ। ऐनको दफा २६ (१) अनुसार पाँच लाखदेखि दश लाख रूपैयाँसम्म जरिवाना वा पाँच बर्षदेखि १५ बर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ।

ताजा अपडेट

रोल्पामा ६ केजी चरेससहित एक जना पक्राउ

राेल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले ६ केजी चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नछहरी गाउँपालिका-६ रोल्बाङ बस्ने ४५ वर्षीय जुनिलाल बुढा मगर...

२७ वर्ष पुरानो भ्रूणबाट बालिकाको जन्म

एजेन्सी । मली गिब्सन नाम दिइएकी यी बालिका गत अक्टोबर महिनामा जन्मिएकी भए पनि उनको जन्मको प्रक्रिया २७ वर्षअघि सुरु भएको थियो। उनको भ्रूणलाई अक्टोबर...

बाबुको हत्या गरेकाे अभियोगमा छाेरा पक्राउ

गाेरखा । ७० वर्षीय बुबाकाे हत्या गरेको अभियोगमा गाेरखामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गाेरखाकाे सिरानचोक गाउँपालिका-८ धन्सार बस्ने ४० वर्षीय भुवन ढकाल...

कछुवा गतिमा हुँदै मध्यपहाडी राजमार्गको काम

दैलेख । पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने...

बौद्धमा आमाछोरी मृत भेटिए

काठमाडौं । काठमाडाैंकाे बौद्धमा एक महिला र एक महिनाको नाबालिका मृत फेला परेका छन् । महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्दै आएकी...

भरूवा बन्दुक पड्किएर वनरक्षकको मृत्यु

उदयपुर । उदयपुरमा भरुवा बन्दुक पड्किएर एक जनाकाे मृत्य भएकाे छ। बुधबार राति बन्दुक पड्किएर वन रक्षक सुनसरी दुहवी घर भएका ४० वर्षीय लेखनाथ वाँस्तोलाको...

नगरवासीको आर्थिक अवस्थाको तथ्याङ्क सङ्कलन गर्दै माडी नगरपालिका

काठमाडौं । माडी नगरपालिकाले नगरवासीको आर्थिक अवस्था पहिचान हुने गरी तथ्याङ्क सङ्कलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ । नगरपालिकाका ५० शिक्षकलाई सहयोगी कार्यकर्ताका रूपमा...

जबर्जस्ती गर्भपतन गराएको भन्दै प्रहरी निरीक्षकविरुद्ध जाहेरी दर्ता

म्याग्दी — जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट पोखराको बैदाम सरुवा भई गएका प्रहरी निरीक्षक ध्रुव शर्माविरुद्ध जबरजस्ती गर्भपतन गराएको र बहुविवाह गरेको आरोपमा जाहेरी दर्ता...

 १ हजार ६ सय रूपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । ताेलमा १ हजार ६ सय रूपैयाँले बढेर ९२ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल...

चर्चित

आज मंसिर १७ गते बुधबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र...

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीको बेग्लै छलफल

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल थालेका छन् । नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा कार्यकारी...

कलाकार भारती सिंहको जमानत खारेज गर्न एनसीबीको अपिल

एजेन्सी । नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले एनडीपीएस कार्ट (मादक पदार्थ निषेध कानूनलाई आधार बनाएर काम गर्ने अदालत) मा हास्यकलाकार भारती सिंह र उनका...

फिल्म हल नखोल्न सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल फिल्म हल नखोल्न अनुराेध गरेकाे छ । मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले १५ दिन अझै कडाइका साथ...

सचिवालय बैठक : ओलीको अनुपस्थितिमा कुनै अप्रिय निर्णय भए १५ मिनेटभित्र एकता भङ्गकाे घाेषणा ! 

काठमाडाैं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसाे १ बजेकाे लागि बाेलाईएकाे बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी...

तेजपात उत्पादक कृषक मारमा

उदयपुर । यहाँको रौतामाई गाउँपालिका जिल्लाकै सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र बन्न पुगेको छ । उत्पादन वृद्धि हुँदै गए पनि तेजपातले सही मूल्य...

पौडेलकाे गिरफ्तारीबिरूद्ध तनहुँ कांग्रेसले भोलि प्रदर्शन गर्ने

काठमाडौं । नेपाली कांग्रेस तनहुँले भाेलि तनहँमा प्रदर्शन गर्ने भएकाे छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गिरफ्तारी घटनाको विरोधमा बिहीबार बिहान ११ बजे बैठक...

प्रदेश-१ मा थपिए ९२ कोरोना संक्रमित

काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ४९५ जनाको पिसिआर परीक्षणमा ३३...

नयाँ भवनमा प्रधानमन्त्री

काठमाडाैँ । साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ...