ताली र गालीको केन्द्रमा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको जारी स्थायी समिति बैठकमा गाली र तालीको केन्द्रबिन्दुमा छन्। पार्टीभित्र रहेको त्रिपक्षीय शक्ति सन्तुलन द्विपक्षीय देखिन थालेपछि यो बैठकमा अध्यक्ष ओली आलोचनाको मुख्य निसानामा पर्ने देखिएका हुन्।

अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह ओलीको पार्टी र सरकार सञ्चालन कार्यशैलीसँग सहमत छैनन्। दाहाल र नेपाल पक्षका नेताले आलोचना गर्ने संकेत बुधबार पहिलो दिनको बैठकमै देखिएको थियो। उनीहरूले एमसीसी सम्झौताका साथै कार्यकारी अधिकार दाहाललाई प्रयोग गर्न नदिइएको, सरकारलाई एकलौटी चलाउन खोजेको, पार्टीलाई बन्धक बनाएको आरोप लगाइसकेका छन्।

दाहालले बुधबार सम्बोधन र नेपालले ओलीले सम्बोधन गरिरहँदा प्रतिवाद गरेका थिए। यसका अतिरिक्त विधि, पद्धतिअनुसार पार्टी चलाउनुपर्ने, एक व्यक्ति एक मुख्य जिम्मेवारी हुनुपर्ने आवाज पनि नेपाल समूहका नेताले उठाउने रणनीति बनाएको देखिन्छ। आफ्ना एजेन्डामा नेपाल पक्षले दाहालको साथ खोजेको छ।

नेपाल पक्षका नेता रघुजी पन्तले पार्टीमा विधि पद्धतिका विषयदेखि समग्र विषयमा नेताले आआफ्नो विवेक प्रयोग गरेर कुरा उठाउने बताए। ‘बैठकमा समग्र विषयमा कुरा उठ्छन्। सरकारको काम, पार्टी कामका बारेमा कुरा उठ्छन्’, उनले अन्नपूर्णसँग भने, ‘आफ्ना विवेक प्रयोग गरेर नेताहरूले कुरा उठाउनुहुन्छ।’

ओली पक्षले एमसीसी, सीमा समस्या र समाधान, कोभिड–१९ रोकथाम तथा नियन्त्रणलगायत विषयमा मात्र बैठकमा छलफल चाहेको थियो। तर, बुधबार नेताहरूले सरकारको र पार्टी कामको पनि समीक्षालाई एजेन्डा बनाउन दबाब दिएपछि भने बैठक आरोप÷प्रत्यारोपमा चल्न सक्ने देखिएको छ।

‘यति बेला कोरोना भाइरस जोडिएको विषयमा छोटो छलफल गरेर सरकारलाई साथ दिने बेला थियो, अहिले सरकारको समीक्षा गर्ने बेला थिएन। बैठकमा गलत एजेन्डामा छलफल हुन खोज्दै छ’, ओलीनिकट नेता एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘विपक्षीले पनि अहिले यसैमा सरकारलाई साथ दिनुपर्ने बेला स्थायी समितिमा सरकारको समीक्षा गर्ने समय सही होइन।’

सरकारको समीक्षाका विषयमा नेपाल र दाहाल पक्षले उठाएको असन्तुष्टिले पनि सरकारको काममा कडाइपूर्वक प्रस्तुत हुन सक्ने अनुमान नेताको छ। त्यसो त २० स्थायी समिति सदस्यले १० वैशाखमा बैठक बोलाउन माग गर्दा सरकारले त्यस बेला ल्याएको अध्यादेशका विषयमा छलफल आवश्यक रहेको बताएका थिए। एमसीसीमा हुने बहस र छलफललाई छाडेर हेर्ने हो भने आन्तरिक पार्टी जीवनमा पनि नेकपाभित्र ओली समूह एउटा कित्तातिर र नेपाल–दाहाल अर्काे कित्तातिर देखिन पुगेका छन्। तर, प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वमा रहेर लिम्पियाधुरासम्मको नेपाली भूमिलाई समेटेर नक्सा सार्वजनिक गर्न गरेको हिम्मत, राष्ट्रियताका सवालमा देखाएका कतिपय अडानका कारण पनि आलोचक पक्षले दाहालले सम्बोधनमा भनेजस्तो ‘फाइट टु फिनिस’को अवस्था आउन नसक्ने ओली पक्षका अर्का नेताले बताए। अन्नपुर्ण पाेष्ट

ताजा अपडेट

‘बलात्कारी संगठन’ नामकाे फेसबुक सञ्चालक पक्राउ

काठमाडौं। फेसबुकमा बलात्कारी संगठन नामक पेज तथा ग्रुप बनाउने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा माथागढी-१ पाल्पाका अभिषेक नेपाल रहेको नेपाल...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

गण्डकीमा थपिए १६ कोरोना संक्रमित

कास्की । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

गण्डकी प्रदेशले पनि कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौ । कोरोना संक्रमितको निःशुल्क उपचार गर्नबाट संघीय सरकार पन्छिएपछि प्रदेश सरकारहरुले धमाधम काेराेना संक्रमितकाे निःशुल्क रुपमा गर्ने निर्णय गरिरहेका छन् । त्यसै अनुरूप गण्डकी...

प्रदेश २ काे चौथो अधिवेशन अन्त्य, १८ विधेयक पारित

जनकपुर । प्रदेश नम्बर २ प्रदेशसभाको चौथो अधिवेशन विभिन्‍न १८ वटा विधेयक पारित गर्दै मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरिएकाे छ । मंगलबार...

भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न ८ संगठनद्वारा चीनविरुद्ध प्रदर्शन

एजेन्सी। भारत-क्यानडा मैत्री संगठनसहितका विभिन्‍न आठ संगठनहरुले चीनविरुद्ध प्रदर्शन गरेका छन् । चीनले उइगुरहरुमाथि गरिएको क्रूर दमन, यातना शिविर र चीनमा बन्दी बनाएका दुई क्यानेडियालीहरुको...

नेपाल-चीनबीच भएका सम्झौताहरू कार्यान्वयनको गर्ने समय आएको छ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन् । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा...

स्वास्थ्यमन्‍त्री भन्छन् : जनताको चाहना अनुसार निजी प्रयोगशालामा कोरोना परीक्षण ! (सम्बोधनको पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स-शुल्क काेराेना परीक्षणकाे निर्णय जनताकाे चाहना अनुसार नै गरिएकाे जिकिर गरेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार...

कर्णाली प्रदेशकाे विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको विवाद समाधानका लागि चार...

चर्चित

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष...

कोरोना उपचारमा पन्छियो सरकार

काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र...

चीनविरुद्ध लड्न भारतीय सेनाको गुप्तचर बने तिब्बती शरणार्थीहरू

एजेन्सी। केही दिनअघि ५१ वर्षीय सैनिक नीमा तेन्जिनको लद्दाखको प्याङ्गोङत्सो तालनजिकै भएको बम विस्फोटमा मृत्यु भयो। सो क्षेत्र हालै चिनियाँ र भारतीय सेनाबीच तनाव...

कटारीका मेयरसहित ४ जनामा कोरोना पुष्टि

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

जाडाेमा काेराेना संक्रमण बढ्न सक्ने भएकाले पूर्वतयारीमा जुट्न प्रधानसेनापति थापाकाे निर्देशन

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जाडो याममा काेराेना भाइरस संक्रमणकाे जाेखिम बढ्न सक्ने भएकाले सचेत रहनुपर्ने बताएका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा सञ्चालन भएको तीनदिने...

भाइले गरे दाजुकाे हत्या

  सल्यान । सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग...