‘बाढी र डुबान समस्या समाधानमा नेपालसँग समन्वय भइरहेको छ’

नयाँदिल्ली — भारतले बाढी र डुबान समस्या समाधान सम्बन्धमा नेपालसँग समन्वय भइरहेको बताएको छ । भारतका विदेश मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अनुराग श्रीवास्तवले बाढी र डुबान समस्या सम्बोधनका लागि दुई देशबीच रहेको संयन्त्रले काम गरिरहेको बताएका हुन् ।

नेपालका नदीहरुमा आउने बाढीका कारण बिहारलगायतका सिमावर्ती राज्यहरुमा हुने डुबानका विषयमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा जवाफ दिँदै प्रवक्ता श्रीवास्तवले भने,‘भारत र नेपालबीच बाढी नियन्त्रणको कामका लागि दुई पक्षीय संयन्त्र छन् । सीमामा रहेका नदीहरुमा बाढी नियन्त्रण र भूक्षय रोक्ने काम सुरु भइसकेको छ ।’ साथै यो वर्षको मनसुनमा हुनसक्ने क्षति कम गर्न दुवै पक्षबीच समन्वय भइरहेको समेत उनले बताएका छन् ।

प्रत्येक वर्ष नेपाल र भारतको सिमावार्ती क्षेत्रमा वर्षाका बेला नदी र खोलाको सतह बढ्दा बाढी र डुबान समस्या हुने गरेको छ । जसका कारण ठूलो मात्रामा अन्न बाली र धनमालको क्षति हुने गरेको छ । सीमाका दुई दर्जनभन्दा बढी ठाउँमा भारतले एकतर्फी रुपमा निर्माण गरेका तटबन्धले पनि नेपाली भूभागलाई डुबाउने गरेको त्यसले ठूलो मात्रामा धनमालको क्षति हुने गरेको छ । यस विषयलाई नेपालले उच्च राजनीतिक तहमा उठाउँदै आए पनि भारतले त्यति वास्ता नगर्ने गरेको नेपाली अधिकारीहरुले गुनासो गर्दै आएका छन् ।

अझ भारतीय पक्षले उल्टो नेपालका कारण भारतीय क्षेत्रमा डुबान हुँदै आएको आरोप लगाउने गरेको छ । केही दिनअघि बिहारका जलसंशाधन मन्त्री सन्जय झाले नारायणी (गण्डक) नदीमा बनेको बाँधको सफाई र मर्मतको काममा नेपालले अवरोध गरेका आरोप लगाएका थिए । यसले बिहारमा बाढी र डुबानको जोखिम बढाएको समेत जनाएका थिए ।

तर, नेपालले भने मन्त्री झाको आरोपको खण्डन गर्दै कोभिड १९ को नियन्त्रण र रोकथामका लागि सीमा बन्द गरिएको र संक्रमणको जोखिम कम गर्न बाँधको मर्मत एवं सफाइका लागि आउने प्राविधिकहरुको सूची पठाएको खण्डमा अनुमति दिइने जनाएको थियो । त्यही प्रक्रिया पुरा गर्नका लागि समय लागेको हुँदा बाँधको काम रोकेको भन्ने मन्त्रीको आरोप सत्य नभएको जनाएको थियो ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित