प्रचण्डले ओलीको राजीनामा मागेपछि नेकपामा हलचल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्रको शक्तिसंघर्ष उत्कर्षमा पुगेको छ । पटक पटक टार्न खोजिएको स्थायी कमिटि बैठक आजबाट शुरु हुने भएको छ । बैठक अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्नेमा केन्द्रित हुने भनिएपछि चुरो कुरा सत्तासंघर्षमै केन्द्रित हुने देखिएको छ । यो बैठकले नेकपाको भावी दिशा र ओली सरकारको भविष्यको समेत टुंगो लगाउने स्पष्ट संकेत देखिएको छ ।

एमसीसीलाई नेकपाभित्र अस्त्रका रुपमा नेताहरुले प्रयोग गर्न थालेका छन् । यसैलाई असफल बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउने सम्मका रणनीति चालिएका छन् । एमसीसीका सवालमा नेकपाभित्र ओलीको विपक्षमा हेभिवेटहरु एकजुट भएका छन् । सचिवालय देखि केन्द्रीय समितिसम्म ओली अल्पमतमा देखिएका छन् । उनको भर संसदीय दल छ जहाँ बहुमत रहेको दाबी उनी निकटस्थले गर्दै आएका छन् ।

एमसीसीको सवालमा हिजो बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेलबीच छफल भएको थियो । बैठकमा बामदेवलाई मनाउन सरकारमा लानेसम्मको प्रस्ताव भयो । जसलाई उनले ठाडै अस्वीकार गरिदिए । त्यसपछि मन्त्रिमण्डल पुर्नगठन गर्ने प्रस्ताव आयो । राजनीतिक लेनदेनको कुरा चल्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको राजीनामा मागेका थिए । विश्वस्त स्रोतका अनुसार प्रचण्डले सरकारको कामकारबाहीको आलोचना गर्दै राजीनामा दिन ओलीलाई भनेका थिए । ‘अब तपाईं सरकारबाट ब्याक हुनुहोस्,’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो । प्रचण्डले ओलीको राजीनामा मागेको यो दोस्रोपटक हो ।

यसअघि सरकारले ल्याएको दुई अध्यादेशहरुको समिक्षाका क्रममा पनि प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका थिए । सचिवालयमा उनले ओलीलाई सत्ता छाड्न भनेपनि पछि सफल भएन । यसपटक भने सचिवालयका चार सदस्यको कोर मिटिङमा प्रचण्डले ओलीलाई सत्ता छाड्न भनेका छन् । स्थायी कमिटिको पूर्वसन्ध्यामा ओलीलाई प्रचण्डले सिधै सत्ता छाड्न भनेपछि बालुवाटार गम्भीर भएको छ । अब आजबाट शुरु हुने स्थायी कमिटि बैठकमा चर्काचर्की हुनसक्ने देखिएको छ । नेताहरुले कडा तयारी गरेकाले यसपटक बैठक वार कि पार हुने नेकपाका एक प्रभावशाली नेताले बताए ।

ताजा अपडेट

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ९०० नाघ्याे

काठमाडाैं । नेपालमा काेराेना संक्रमणबाट थप १७ जनाकाे मृत्यु भएकाे छ। याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९०४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक कात्तिक २१ गते बस्ने भएकाे छ । शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

चर्चित

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...

बिहीबार थपिए २३ सय ६४ काेराेना संक्रमित

काठमाडौं । नेपालमा आज थप २ हजार ३६४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६४...

देशभरि कति जिल्लामा निषेधाज्ञा?(नामसहित)

काठमाडाैं । देशका ४८ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन देशका ती जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे।आफ्नो जिल्लामा निशेधाज्ञा...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

सुशान्तसिंह राजपूतका घरेलु सहयोगी पनि पक्राउ

एजेन्सी । केही महिनाअघि आत्महत्या गरेका भनिएको बलिउड अभिनेता सुशान्तसिंह राजपूतका घरेलु सहायक दीपेश सावन्त पक्राउ परेका छन् । सुशान्त सिंह राजपूतको मुद्दा चलिरहेका...

चीनबाट ल्याइएका रेल तथा जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल पुग्दै रेल

काठमाडौं । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो । विगत ५...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...