नेपाल-चीन सीमा विवाद: सीमास्तम्भ नै गायब

दोलखा । नेपाल–चीन सीमास्तम्भमध्ये दोलखाको उत्तरी भूभागको कोर्लाङपारि पर्ने पिलर नम्बर ५७ गायब छ। नापी विभागले सन् १९९२ मा प्रकाशन गरी सन् १९९६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप नक्सा (ट्रोपोम्याप)मा उक्त पिलर गायब पाइएको हो। बिगु गाउँपालिका–१ लामाबगर उता कोर्लाङपारिमा रहेको यो पिलरको अवस्थितिबारे नेपाल र चीनको धारणा बाझिएपछि नक्साबाट हटाइएको हुन सक्ने जानकार बताउँछन्।

नेपाल–चीन सीमामध्ये दोलखामा पाँच सीमास्तम्भ छन्। समुद्री सतहबाट ४ हजार २ सय मिटर उचाइको कोर्लाङपारिमा पिलर नम्बर ५५ र ५६ छन्। यी दुई पिलर तामाकोसी नदी वारि र पारि पाइएको छ। करिब ४ हजार ४ सय मिटर उचाइको उवाबारीनजिक पिलर नम्बर ५८ र ५९ छन्। यी पिलर लप्चे खोला किनाराको वारि र पारि पाइएको छ।

बिगु–१ लामाबगरको उपल्लो गाउँ लप्चीका बासिन्दा भन्छन्, ‘सीमास्तम्भ नेपालतिर सार्न चीनका सेनाले बेला–बेला दु:ख दिने गरेका छन्।’

विभागका सूचना अधिकारी एवं योजना शाखाका निर्देशक दामोदर ढकालले नक्सामा भए÷नभएको त्यति जानकारी नभएकाले थप बुझ्ने बताए। पिलर नम्बर ५७ को विषयमा चीन र नेपालको धारणा फरक–फरक रहेको सूचना अधिकारी ढकालको भनाइ छ। भने, ‘आधिकारिक कागजात खोज्ने, फिल्डमा जाने, प्रमाणीकरण गर्ने काम भइरहेका छन्।’

सोही स्तम्भ निरीक्षणका लागि प्रत्येक वर्ष दोलखाबाट सरकारी टोली पुग्छ। सेल्फी खिचेर फर्किनुबाहेक सीमास्तम्भको खोजीबारे केही लेखापढी गरिँदैन। जिल्ला प्रशासन कार्यालयमा ६ वर्षदेखिको दर्ता तथा चलानी किताबमा सीमास्तम्भ खोजीका लागि कुनै पनि लेखापढी भेटिएन।

विभागका गणेशप्रसाद भट्ट नेतृत्वको टोलीले २०६३ सालमा पिलर नम्बर ५६ पुनर्निर्माण गरेको थियो। केही समयअघि तारादल गण चरीकोटका गणपति निखिल कुँवरसहितको टोली सीमा नाका भ्रमण गरी सीमास्तम्भको वस्तुस्थिति बुझेर फर्किएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। ‘५६ नम्बरको सीमास्तम्भ सकुशल भेटिएको’ जनाउँदै उनले सीमा सुरक्षा सम्बन्धमा चीनका समकक्षीसँग भेट हुन नसकेको सुनाए। उनले ५७ नम्बर पिलर नभेटिएको प्रतिक्रिया दिए।

उक्त सीमास्तम्भको अवस्थिति रहेको बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले सो सीमास्तम्भ नभेटिए पनि भीरको कुनै ढुंगामा नम्बर खोपिएको जानकारी प्राप्त भएको बताए। भने, ‘सीमा सुरक्षाको विषयमा के कसो गर्ने भन्ने अधिकार केन्द्रीय सरकारले हामीलाई दिएको छैन। तर, यो सम्बन्धमा सम्बन्धित कार्यालयलाई जानकारी गराउँछौं।’ अन्नपुर्ण पाेष्ट

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित