डब्लुएचओले भन्याे- थप सर्तकता अपनाउनुस् नत्र अवस्था भयाभाय हुन्छ

काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले कोभिड १९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ

विश्व स्वास्थ्य संगठनका प्रमुख डा जोस भ्यान्देलियरले नेपाल सरकारले लडकडाउन खुकुलो बनाएपनि कोभिड १९ को महामारी टरी नसकेकाले आवश्यक सर्तकता अपनाउन सबैलाई अपिल गरेका हुन्।

लकडाउन खुकुलो बनाएसँगै सर्वसाधरणको क्रियाकलाप बढ्दै गएको, कार्यालय संञ्चालन भएको तथा एक आपसमा भेटघाट लगायत बढेको भन्दै उनले त्यस क्रममा सबैले आ(आफ्नो तर्फबाट थप सर्तक हुनु जरुरी रहेको बताए।

उनले संक्रमण नियन्त्रणका लागि प्रत्येक व्यक्तिले आ–आफ्नो तर्फबाट जीवनशैली र कार्यशैलीमा परिर्वतन ल्याउनुपर्ने आवश्यकता औँल्याए। भीडभाडमा नजान, जानै परे दुरी कायम गर्ने, मास्क लगाउने तथा बेलाबेलामा साबुनपानीले हात धुन पनि उनको आग्रह छ।

‘लकडाउन हामी सबैका लागि गाह्रो कुरा थियो। घरमै बस्नु पर्यो। साथी भाईलाई भेट्न पाईएन। काममा जान पाईएन। अहिले लकडाउन केही हदसम्म खुकुलो भएको छ र हामी वरपर जान पाएका छौँ। काममा जान पाएका छौँ। नातेदार परिवारहरुलाई भट्न जान पाइरहेका छौँ, उनले भने, तर हामीले याद गर्नुपर्ने कुरा के हो भने महामारी अझै पनि गईसकेको छैन। महामारी अझै पनि छ र हामी अझै पनि संक्रमित हुन सक्छौँ तसर्थ हामी अलि होसियार हुनु जरुरी छ।

यसका लागि हामी आफैले केही कदमहरु चाल्नु जरुरी रहेको उनको भनाइ छ। संक्रमणलाई नियन्त्रण गर्न हामीले भौतिक दुरी कायम गर्ने, कपडाकै भएपनि मास्क लगाउनुपर्ने उनको सुझाव छ।

विशेष गरी धेरै मानिसहरु भएको अवस्थामा अनिवार्य रुपमा मास्क लगाउन आवश्यक हुन्छ। मास्क कपडाकै भएपनि हुन्छ। साबुनपानीले बारम्बार हात धुन पनि उतिकै जरुरी छ। किनभने संक्रमित व्यक्तिलाई तपाईंले छुनु भएको छ भने त्यो हातमा सर्छ र तपाईंको हातले मुखलाई, नाकलाई छुँदा त्यहाँबाट भाइरस तपाईको शरीरमा प्रवेश गर्छु उनले भने, ुत्यसैगरी खोक्दा मुख छोप्नुका साथै ज्वरो, खोकी वा कुनै पनि किसिमको विसन्चो भयो भने तुरुन्तै स्वास्थ्यकर्मीलाई देखाउने। यी कुराहरु तपाईहरुले गर्नुभयो भने भाइरस थप फैलिन पाउदैन र भाइरस मर्छ.

भाइरस नियन्त्रण गर्नका लागि लकडाउन एउटा उपाय मात्र भएको र अर्को उपाय सतर्कताका नियम पालना गर्नु भएको उनले बताएका थिए।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...

दुबईबाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती

काठमाडौँ| एक सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज संयुक्त अरब एमिरेट्स यूएईबाट पहिलो चार्टड बिमान उडेको छ | यूएईबाट...