जाजरकोटमा समुदाय स्तरमै कोरोना पुष्टि

जाजरकोट । जाजरकोटको बारेकोटमा ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बारेकोट ५ का ती पुरुष लामो समयदेखि घरमै बसिरहेका थिए । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेका उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ । स्थानियमा त्रास फैलिएको छ ।

त्यस्तै छेडागाडमा कोरोना संक्रमण देखिएका दुई पुरुष पनि लामो समय देखि जिल्लामै रहेका थिए । क्वारेन्टाइनमा बसेकाको रिपोर्ट नेगेटिभ आउने तर समुदायमा रहेकाको परीक्षण गर्दा कोरोना पुष्टि हुनुले समुदाय स्तरमा फैलिसकेको डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए । कोरोना समुदाय स्तरमा फैलिएको हुन सक्छ । यस्तो बेला लापरवाही गरियो र परीक्षणको दायरा बढाइएन भने खतरा हुन सक्छ । बारेकोट र छेडागाडमा कोरोना पुष्टि भएकाको सम्पर्कमा गएकाको कन्ट्रयाक ट्रेसिङ्ग गरेर परीक्षण गर्नु पर्ने उनको भनाइ छ ।

हालै भारतबाट आएका चार हजारमध्ये करीव दुई हजारको परीक्षण गरिएकोमा ११ जनाको रिपोर्ट मात्र पोजिटिभ आएको छ । त्यसमध्ये पनि चार जना जिल्लामै रहेका र तीन जना बाँकेको कोहलपुरबाट आएका थिए । कोहरपुरबाट आएका ती संक्रमित एक मस्जिद जाने गरेको खुलेको छ । एकै घरका तीन जनामा संक्रमण देखिएको थियो ।

कोरोना जितेर आइतबार मात्र अस्पतालबाट फर्किएका बारेकोटका एक प्रहरी अधिकृत पनि जिल्लामै रहेका थिए । बारेकोटमा दुई जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । त्यस्तै छेडागाडका एक बैक मेनेजर र वडाध्यक्षको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको छ । उनीहरुको सम्पर्कमा को-को आए अहिलेसम्म कन्ट्रयाक ट्रेसिङ्ग नभएकोले स्थानीय त्रासमा छन् ।

गाउँमा आइसोलेशन नभएको, कोरोनाको पिसिआर परीक्षण गर्ने ठाँउ नभएको, सुर्खेत पठाउँदा हप्तौ समय लाग्ने, चेतनाको अभाव लगायतका कारण कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको स्वास्थ्यकर्मीको आशंका छ ।

ताजा अपडेट

संघीय सरकारका ३ मन्त्रीसहित २४ सांसदलाई कोरोना संक्रमण

काठमाडौं । संघीय सरकारका ३ मन्त्रीसहित २४ जना सांसदलाई कोरोना संक्रमण भएकाे छ। गत साउन १६ गते यता हालसम्म तीन मन्त्रीसहित २४ जना संघीय सांसदलाई...

लागूऔषधसहित पक्राउ

बारा । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध गाँजा र अफिमसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका-३ रामनगरका २० वर्षीय...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

सामाजिक सञ्जालमा गाली गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

काठमाडौं । सामाजिक सञ्जालमार्फत गालीबेइज्जती गरेकाे आरोपमा प्रहरीले एकजनालाई साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती...

काठमाडौं उपत्यकामा थपिए १८८८ काेराेना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ५०८, ललितपुरमा २४९ र...

काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट थप १६ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ९२० पुगेकाे स्वास्थ्य तथा जनसंख्या...

शुक्रबार देशभर थपिए ३ हजार ५ सय १७ काेराेना संक्रमित, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ५१७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १ लाख ६८...

बहुविवाह मुद्दाका २ जना फरार अभियुक्त पक्राउ

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुमले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । ६ वर्षदेखि फरार रहेका मेन्छयायेम गाउँपालिका-१ का सन्तबहादुर कार्की र...

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

चर्चित

चीनको अघोषित नाकाबन्दीका कारण व्यापारीले गरे आत्महत्या!

काठमाडाैँ । केरुङ–रसुवागढी नाकामा १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेकाे छ। अघोषित नाकाबन्दीका कारण सीमामा अड्किएकाे सामानका एक व्यापारीले आत्महत्या गरेका छन्।  सिन्धुपाल्चोक बाह्रबिसेका हरेराम...

पाकिस्तानको संसदमा ‘मोदी-मोदी’, विदेशमन्त्री कुरेशी ‘तीन छक’

इस्लामावाद । पाकिस्तानको संसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै नाराबाजी गरिएको छ । पाकिस्तानका सांसदहरुले 'मोदी-मोदी' भन्दै नाराबाजी गरेका हुन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

काठमाडौंका सीडीओ दाहाललाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सीडीओ दाहालको अवस्था सामान्य रहेको र हाल होम...

प्रहरीले भेट्टायो लाख रुपैयाँको झोला

कैलाली । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरीले भेटाएको करिब रु एक लाख नगद, मोबाइल र गहना सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार दिउँसो साढे ४...

छुरा प्रहारबाट २४ वर्षीय युवककाे मृत्यु

काठमाडौं । अज्ञात समूहकाे छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । काठमाडौंकाे धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखाका २४...

सामाजिक सञ्जालमा गाली गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

काठमाडौं । सामाजिक सञ्जालमार्फत गालीबेइज्जती गरेकाे आरोपमा प्रहरीले एकजनालाई साइबर अपराधको मुद्दा लगाउने तयारी गरेको छ। पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाको गालीबेइज्जती...

मुकेश चौरसिया हत्या अभियाेगमा पूर्वसभासदसहित १२ जनाविरुद्ध मुद्दा

धनुषा । पर्सा प्रहरीले मुकेश चौरसिया हत्या अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको छ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी...