पिसिआर मेशिन खरिद प्रक्रिया अघि बढ्यो

तनहुँ । तनहुँका चार नगरपालिका र छ गाउँपालिका गरी दशवटै पालिकाको लागत सहभागितामा पिसिआर परीक्षण मेशिन खरिद गर्ने प्रक्रिया अघि बढेको छ ।

कोभिड–१९ का बिरामी बढ्दै गएको अवस्थामा जिल्लामै पिसिआर मेशिन भए कोरोना परीक्षणमा सहज बनाउन सकिने उद्देश्यले यहाँका पालिकाले मेशिन खरिद प्रक्रिया अघि बढाइएका हुन् ।

दशवटै पालिकाद्वारा शुक्लागण्डकी नगरपालिकालाई खरिद तथा भौतिक संरचना व्यवस्थापनको लागि जिम्मा दिएको छ ।

नगरपालिकाले फायल तयार गरी गण्डकी प्रदेश सरकारसँग मेशिन खरिद प्रक्रियाको लागि अनुमति लिने कार्य भएको शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले जानकारी दिइन् ।

दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिताको लागि प्रतिबद्धता जनाएअनुरुप पिसिआर परीक्षण मेशिन खरिद प्रक्रिया अघि बढाएको हो ।

पसिआर मेशिन खरिदका लागि जिल्लाका शुक्लागण्डकी नगरपालिकाको १४ प्रतिशत रहेको छ भने व्यास नगरपालिका, भिमाद नगरपालिका र भानु नगरपालिकाको १२/१२ प्रतिशत लागत सहभागिता रहेको छ ।

त्यसैगरी म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिको नौ/नौ र देवघाट गाउँपालिकाको पाँच प्रतिशत लागत सहभागिता रहेको छ । पिसिआर मेशिन एक/दुई दिनमा अघि बढ्छ ।

“मेशिन मात्रै खरिद गरेर भएन”, उपप्रमुख रसाइलीले भनिन्, “ल्याब तथा भौतिक संरचनालगायतका निर्माण कार्य गर्नुपर्ने आवश्यक्ता समेत देखिएको छ ।”

शुक्लागण्डकी नगरपालिकाले सबै पालिकालाई परिपत्र गरेपछि आफूले दिनुपर्ने दायित्व शुक्लागण्डकी नपाको खातामा रकम जम्मा गर्ने र त्यसले पनि अपुग भए पालिका कार्यालयले अझै थप्न तयार रहेको शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख किसान गुरुङले बताए।

पिसिआर परीक्षणको लागि प्रयोगशाला जिपि कोइराला स्वासप्रस्वास केन्द्र बेलचौतरामा राख्ने सहमति भए पनि त्यहाँबाट प्रदान गरिने भवनबाट मात्रै कार्य सम्पादन गर्न कठिनाइ देखिएकाले भौतिक संरचना निर्माण गर्न आवश्यक देखिएको उनले जानकारी दिए।

कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनका विषयमा छलफल गरी क्वारेन्टिनमा रहेका व्यक्तिको पिसिआर परीक्षणको लागि सहज बनाउन जेठ अन्तिम साता बसेको पालिकास्तरीय बैठकले पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेको थियो ।

पिसिआर मेशिनसहितको पूर्वाधार निर्माण गर्न एक करोड रुपैयाँ लाग्ने अनुमान रहेकोले दशवटै पालिकाको प्रतिशतका आधारमा लागत सहभागिता जनाएका हुन् ।

नेपाल सरकारले तोकेको मापदण्डबमोजिमको पिसिआर मेशिन खरिद गर्न र आवश्यक पूर्वाधार निर्माण गर्ने जिम्मा शुक्लागण्डकी नगरपालिकालाई प्रदान गरिएको प्रक्रियागत कार्य भइरहेको बताइएको छ ।

पिसिआर मेशिन खरिद भइसकेपछि प्रयोगशालाको लागि आवश्यक जनशक्ति गण्डकी प्रदेशसँग माग गर्ने बैठकबाट निर्णय भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । रासस

ताजा अपडेट

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

२५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेटसहित दुई जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । झापाकाे गौरीगंज गाउँपालिका-५ फत्तेपुरबाट लागूऔषध २५ बोतल कोरेक्स र ६० ट्याब्लेट नाइट्राभेट...

चर्चित

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन मार्फत सञ्चार तथा...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

३ लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जना पक्राउ

काठमाडाैं । जिल्ला प्रहरी कार्यालय चितवनले तीन लाख २१ हजार रूपैयाँ नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–८...

चिनियाँ एजेन्टद्वारा सीमामा अड्किएका कन्टेनरहरू पास गर्न पैसा माग

काठमाडाैँ । काठमाडौं र देशका अन्य शहरहरूका २ हजार भन्दा बढी व्यापारीहरूले ६ महिना देखि चीनको सीमावर्ती क्षेत्रबाट नेपालमा आफ्नो सामान ल्याउन नसक्दा करोडौं...