पैसालाई कसरी बनाउने संक्रमणरहित ?

काठमाडौं : के तपाईलाई थाहा छ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ। पैसा नभए हाम्रो घर व्यवहार चल्दैन। जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन। तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन्।

दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ। एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन। पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ। कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन्। नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ। नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ।

स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ। क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ। कार्ड पनि सङ्क्रमित हुनसक्छ। पैसाका माध्यमबाट कोभिड–१९ सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो। पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो। यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ। न्युयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ। चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन्। नेपालको पैसामा अनुसन्धान भएको पनि छैन। तर यसबारे हामी सजक रहनुपर्छ।

पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य किटाणु, ढुसी देखा परेका छन्। त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए। अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ। विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ। संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ। हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ। यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ। मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर भएको परीक्षणका क्रमममा पाइएको थियो।

कोरोना भाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ।

पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ?
विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इञ्जिनीयर राम बाडेले बताए। पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ। ‘दैनिकरुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो’, उनले भने ‘जति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ।’ दैनिकरुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ। नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ।

कसरी कीटाणुरहित बनाउने ?
पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहजरुपमा किटाणुनाशक बनाउन सकिन्छ। ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई किटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उनले बताउनुभयो। यो प्रविधि मानव र वातावरणमैत्री भएको उनको दाबी छ।

संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको किटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन्।

नेपालले पनि पैसालाई सङ्क्रमणरहित बनाउन प्लाज्मा आयोन टेक्नोलोजीलाई आत्मसात गर्नुपर्ने अहिले आवश्यकता रहेको इञ्जिनीयर राम बाडेको भनाइ छ। ‘पैसाबाट हुने कोरोना सङ्क्रमणबाट बच्नका लागि बैङ्कहरुले प्लाज्मा आयोन टेक्नोलोजीको प्रयोगमा जोड दिनुपर्छ’, उनले भने। पैसालाई सङ्क्रमणरहित बनाउनका लागि यस्ता उपकरणको प्रयोगमा नेपाल राष्ट्र बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ। अन्नपुर्ण पाेष्टबाट

ताजा अपडेट

सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले...

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम...

इरानमा अहिलेसम्मकै धेरै काेराेना संक्रमितकाे मृत्यु

तेहरान । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा...

मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र...

प्रधानमन्त्री र मन्त्रीको दसैं भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्य प्राप्त गरेकाे दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा...

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र...

अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

काेराेनाबाट कैदीबन्दीलाई जोगाउन मानव अधिकार आयोगको १३ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काेराेना भाइरस (कोभिड-१९) महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस...

यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्...

चर्चित

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

भाइले गरे दाजुकाे हत्या

  सल्यान । सल्यानमा आफ्नै भाइले दाइको हत्या गरेका छन् । वनगाड कुपिण्डे नगरपालिका-१० थापाचौरमा दाउरा प्रहार गरी बिहीबार राति भाइले दाइको हत्या गरेको अभियोग...

पछिल्लो २४ घण्टामा थपिए ३१६७ जना नयाँ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख २९...

थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा...

प्रदेश–२ मा सङ्क्रमणमुक्त हुनेकाे संख्या १२ हजार नाघ्याे

जनकपुर । प्रदेश–२ मा कोभिड–१९ सङ्क्रमणबाट मुक्त हुने १२ हजार नाघेका छन् । असोज मसान्तसम्म कूल सङ्क्रमण पुष्टि भएका १४ हजार ६२० मध्ये सङ्क्रमण...

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष...

कोरोना उपचारमा पन्छियो सरकार

काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र...