बिहीबार कुन जिल्लामा कति भेटिए कोरोना संक्रमित?

काठमाडौं । काठमाडौं- एकैदिन थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ६७१ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

आज थपिएका ६७१ सहित नेपालमा संक्रमितको संख्या ७ हजार ८ सय ४८ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परिएको परीक्षणमा झापाका २ जना र मोरङका २ जनामा समेत कोरोना भाइरसको संक्रमण पाइएको छ। यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछाममा ४२, बाजुराका ४१ जना, भक्तपुरका ३ जना, डडेल्धुराका ८४ जना कैलालीका २१ जना कपिलवस्तुका १६ जना, काठमाडौंका २ जना, बैतडीका २५ जना, नुवाकोटका २ जना, रौतहटका ३४, रुपन्देहीका ३ जना, सर्लाहीका ३, ललितपुरका १, नवलपरासीका १ र महोत्तरी १ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

टेकु अस्पतालको प्रयोगशालामा सिन्धुलीका १ जना महिला समेत संक्रमित भएकी छन्।

भरतपुर अस्तपालको प्रयोगशालामा पर्वतका ५ जना चितवन र नवलपरासी पूर्वका १-१ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका २९ जना, बागलुङका १ जना, मनाङका १ जना, पूर्वी नवलपरासीका ३० जना, स्याङ्जाका ९ जना, पर्वतका ४ जना, तनहुँका १५ र गोर्खाका ११ जना संक्रमित भएका छन्।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गुल्तमीका ३ जना, कपिलवस्तुका १ जना, पाल्पाका ६ जना, रुपन्देहीका ७ जना, रोल्पा र नवलपरासीका १ जना छन्। यस्तै सोही प्रयोगशालामा अर्घाखाँचीका ९७ जनामा समेत कोरोना संक्रमण भएको पाइएको छ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३ जना बर्दियाका ३ जना, कैलालीका र दैलेखका १-१ जनामा समेत कोरोना संक्रमण पाइएको छ।

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित