सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न महिला सांसदको माग

कैलाली । कैलालीको लम्किचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविमा रहेको क्वारेन्टिनमा भएको सामूहिक बलात्कारको घटनामा संलग्नलाई कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने महिला सांसदले माग गरेका छन् ।

क्वारेन्टिनभित्र भएको सो घटनाले क्वारेन्टिन महिलाका लागि सुरक्षित नभएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य पूर्णा जोशीले बताइन् ।

उनले बझाङ, डोटीलगायत जिल्लामा पनि क्वारेन्टिन भित्र महिलामाथि विभिन्न प्रकारका घटना भएको सार्वजनिक भइरहेकाले महिलालाई होम क्वारेन्टिनमा राख्नुपर्ने माग गरिन् ।

प्रदेशसभा सदस्य नन्दा बमले बलात्कारको घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताइन् । न्यूनतम मापदण्ड नपुगेका क्वारेन्टिनमा यसरी महिला राख्नु व्यवस्थापनको ठूलो कमजोरी भएको प्रदेशसभा सदस्य चुनकुमारी चौधरीको भनाइ छ ।

बलात्कारको आरोप लागेकाहरूमाथि छानबिन गरी आवश्यक कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्ने सांसद चौधरीले बताइन् । उनले क्वारेन्टिनलाई महिलामैत्री बनाउन सुदूरपश्चिम प्रदेश सरकार गम्भीर हुनुपर्ने बताइन् । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित