काठमाडाैँ । कोरोना भाइरस (कोभिड–१९)ले अहिले बिश्वनै आक्रान्त भैरहेको छ । यस महामारिको अहिले सम्म कुनै खोप(भ्याक्सिन) पत्ता लाग्न सकेको छैन अहिले सारा बिश्वनै भ्याक्सिनको अनुसन्धान र परिक्षणमै केंद्रित छ तर अहिले सम्म ठाेस परिणाम निस्किन नसक्दा (कोभिड–१९) ले अझै महामारिको तिब्र रुप लिने देखिन्छ ।
नेपालमा महामारिकाे ठूलै संज्ञा देखिएकाे छ । चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेर देशभर कुनैपनि कार्यक्रम, सभासम्मेलन तथा अनावश्यक भिडभाड, तथा सामाजिक दुरी नियमको उल्घन गर्ने ब्यक्तीलाई कारबाही समेत गर्ने सरकारले निर्णय गरेकाे थियाे ।
यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी, शान्ती पाख्रिन लगायताका सांसदहरुले संसद भवनमै सामाजिक दुरी नियमको उल्घन गरेकाे उक्त तस्विर(फाेटा)मा देख्न सकिन्छ ।
सांसद शान्ता चौधरीले आफ्नै फेसबुकबाट उक्त तस्विर सार्वजनिक गरेकी हुन् । उक्त तस्विर पाेष्ट गर्दै उनले फेसबुकमा लेखेकी छन्…. हैन हो यो मोबाइलमा के त्यस्तो चिज रहेछ सबै झुमियका छौत!
जनताले कतै बिषेश कामले घरबाट बाहिर निस्किदा पनि प्रहरीले दुर्व्यवहारलाठी प्रहारसहित पक्राउ गर्ने, तर यी सांसदले नियम उल्घन गर्दा समेत प्रहरी प्रसासन माैनमा बस्ने र जनतामाथि नै दमन गरेकाे पाएकाे छ ।
भने सानातीना नागरिकले घरबाट बाहिर निस्किदा भने त्यसलाई कारवाही गरेको देख्दा आम नागरिकनै तीन छक परेका छन् ।
नियम कानुन त सबैलाई बराबर हुनु पर्ने हो तर ठुलालाई चैन सानालाई ऐन गर्ने प्रहरीको एकतर्फी कानुन देखेर नेपाली नागरिक जिल्ल परेका छन् ।
बिश्वभरि संयुक्त राष्ट्र संगठनबाट मान्यता पाएका १९५ सहित २१५ देशहरु यस माहमारी संग जुधिरहेका छन । यतिबेला मानब जातिको आधा भन्दा बढी जनसंख्या घरभित्रै थुनिएको अवस्था छ बिश्व नै घर भित्र बन्द कोठामा रहेको छ ।