संसद्को ऐतिहासिक निर्णय : लिम्पियाधुरासहितको नक्सा सर्वसम्मत

काठमाडौं । भारतले वर्षौंदेखि हडपेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नयाँ नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत पारित गरेको छ। संविधानको अनुसूचीमा रहेको निसान छापभित्रको नक्सा सच्याउन सरकारले पेस गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभाको दुई तिहाइ बढी मतले शनिबार पारित गरेको हो। यससँगै नेपालको बुच्चे नक्साले चुच्चे आकार लिने संवैधानिक र कानुनी मान्यता पाएको छ। प्रतिनिधिसभामा उपस्थित सबै सांसदले नयाँ नक्साको पक्षमा मत दिएका थिए।

नयाँ नक्सा अद्यावधिसम्बन्धी संविधान संशोधन विधेयक पारित गर्न दुईतिहाइ मत चाहिन्छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८३ मत आवश्यक पथ्र्यो। तर, नयाँ नक्साका पक्षमा बैठकमा उपस्थित २ सय ५८ जनै सांसदले मत दिएका थिए। सभामुख अग्नि सापकोटाले दुई तिहाइ बढी मतले संशोधन विधेयक पारित भएको घोषणा गर्नासाथ सांसदहरूले टेबुल ठोकेर ताली बजाएका थिए। संशोधन विधेयकको विपक्ष र तटस्थमा भने एक मत पनि परेन।

नेकपाका ४, कांग्रेसका ३, राजपाका ३ र समाजवादीका २ गरी १२ जना सांसद बैठकमा अनुपस्थित थिए। सभामुखले मत बराबर भए मात्र निर्णायक मत दिन पाउँछन्। निलम्बनमा रहेका ४ जना सांसद भने बैठकमा उपस्थित हुन पाउँदैनन्।

सुदूरपश्चिमको दार्चुला जिल्लाका कालापानी, लिपुलेक र कालापानी क्षेत्रमा भारतले सैन्य अखडा जमाएर राजनीतिक र प्रशासनिक हस्तक्षेप गरिरहेको छ। नेपालको भूमिमा सडक बनाउने र नेपाली भूमि समेटेर भारतले नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले पनि आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो।

नयाँ नक्सा अनुसारको संविधानको अनुसूचीको नक्सा अद्यावधि गर्न जेठ ९ मा सरकारले संशोधन विधेयक दर्ता गरेको थियो। मुलुकको भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रियता र सार्वभौमिकताको पक्षमा एक ठाउँमा रहेको सन्देश दलहरूले दिएका छन्। उनीहरूले भारतसँग कूटनीतिक वार्ता र राजनीतिक वार्ताका लागि सरकारको ध्यानाकर्षण गरेका छन्।

सत्तासीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले भारतसँग असल छिमेकीकै हैसियतले वार्ता र संवादका पक्षमा आफूहरू रहेको बताए। भारतका नेताले चुनौती दिएकै कारण नेपालले आफ्नो नक्सा जारी गरेको दाबी गर्दै पूर्व प्रधानमन्त्री दाहालले भने, ‘भारतका नेताहरूले चुनौती नदिएको भए हामी यो तरिकाले जाँदैनथ्यौँ। तपाईंहरूलाई धन्यवाद छ। तर, हामी भारतसँग वार्ताबाटै समाधान खोजेका छौ। हाम्रो तर्फबाट अधिकतम प्रयास गरेकै थियौँ। विगतमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिन थालेको दाहालले बताए। शान्ति प्रक्रिया, संविधान निर्माण र प्राकृतिक विपत्तिका बेला नेपालका दलले राष्ट्रिय एकता प्रदर्शन गर्ने गरेको उल्लेख गर्दै दाहालले राष्ट्रियता, सार्वभौमसत्ता र स्वाधीनताका पक्षमा सिंगो मुलुक एक भएको बताए।

‘आज हामी गुमेको भूभाग फिर्ता लिने नयाँ चरणमा आइपुगेका छौँ,’ दाहालले भने, ‘सर्वदलीय सहमति गर्दै, सर्वसम्मतिका लागि प्रयास गर्दै राष्ट्रिय समझदारी बनाउँदै नयाँ नक्सा सच्याउने पहलकदमी भयो,’ दाहालले भने, ‘यसका लागि प्रधानमन्त्री र सरकारलाई धन्यवाद। राजनीतिक दल, नागरिक समाज र जनतालाई धन्यवाद र बधाई। सामूहिक विशेषको प्रतिफल हो। व्यक्ति विशेषले गरेर मात्र हुने होइन।’ छिमेकी भारत र चीनसँग सुमधुर र असल सम्बन्ध विकास गरेर जनताको समृद्धि र आकांक्षालाई अघि बढाउन खोजिएको उल्लेख गर्दै दाहालले भने, ‘भारतका नेता, पत्रकार र बुद्धिजीवी र सरकारलाई नेपाली जनताको भावना र संवेनशीलता बुझिदिन आग्रह गर्छु।’

प्रमुख विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले सुगौली सन्धिले काली नदी पूर्वको जमिन नेपालको हो भन्ने स्पष्ट गरेको बताए। नयाँ नक्साको पक्षमा सबै पार्टीको समर्थन देखिएको, राष्ट्रियता एकता देखिएको र देशको हितमा सबै दल एकठाउँ रहेको देउवाले बताए। ‘जुनसुकै ठाउँका नेपाली सार्वभौमसत्ता, अखण्डताको पक्षमा एक छन् भन्ने स्पष्ट सन्देश गएको छ,’ देउवाले भने। राजपाका सांसद राजेन्द्र महतोले संविधानप्रति असन्तुष्टि रहे पनि नयाँ नक्साका पक्षमा आफ्नो दलको पनि समर्थन रहेको बताए। महतोले नेपालको नक्साबाट एकाएक लिम्पियाधुरा सहितको नक्सा हराउन लगाउनेमाथि कारबाही माग गरे। उनले नक्सा जारी गरेर मात्र नपुग्ने भन्दै प्रधानमन्त्री ओलीलाई जमिन फिर्ता ल्याउन पनि आग्रह गरे।

समाजवादीको उपेन्द्र यादवले महाकाली सन्धि गर्नेले माफी माग्नुपर्ने बताए। महाकाली सन्धिले सुगौली सन्धिलाई पछाडि धकेलेको भन्दै यादवले महाकाली सन्धिमा गल्ती भएको भनेर परराष्ट्रमन्त्रीले स्वीकार गरिसकेकाले प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए। कालापानी, लिपुलेक र लिम्पियाधुरामा विवाद रहेको कुरा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ मै स्वीकार गरेको पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका यादवले बताए। नेकपामा महासचिव विष्णु पौडेलले नेपालले भारतसँग सम्बन्ध बिगार्न नभई आफ्नो भूमिमाथि हक स्थापित गरेको बताए। नेमकिपाका प्रेम सुवालले ३० वर्षयताका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र भूमिसुधारमन्त्रीसँग संसद्ले प्रश्न गर्नुपर्ने बताए। नेपालले आफ्नो भूमिबारे बोलेको कुरालाई अन्य मुलुकले उक्साएको भन्ने भारतीय सेना सरकारी अधिकारीको भनाइ ब्वाँसोले पाठोलाई पानी धमिल्याएको आरोप लगाएजस्तो भएको उनले बताए।

सरिता गिरिको संशोधन अस्वीकृत
संघीय समाजवादी पार्टीकी सांसद सरिता गिरिले मुलुकको नयाँ नक्सा अद्यावधि गर्ने संविधान संशोधन विधेयक खारेज गर्न राखेको प्रस्तावलाई सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका छन्। राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा देश एकजुट भएका बेला गिरिले भने आधार र प्रमाणबिना नयाँ नक्सा जारी गरेको भन्दै खारेजीको प्रस्ताव गरेकी थिइन्। समाजवादी पार्टीले प्रस्ताव फिर्ता लिन गिरिलाई निर्देशन दिए पनि उनले मानिनन्। राष्ट्रियताविरुद्ध आफ्नो मत संसद्मा रेकर्ड गराउन खोज्ने प्रयास असफल भएपछि गिरि बैठकबाट बाहिरिएकी थिइन्। अन्नपुर्ण पाेष्टबाट

ताजा अपडेट

सीडीओ र सुरक्षा प्रमुखलाई कार्यक्षेत्र नछाेड्न निर्देशन

काठमाडाैं । सरकारले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला सुरक्षा प्रमुखहरूलाई चाडपर्वका बेला कार्य क्षेत्र नछाड्न निर्देशन दिएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले...

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम...

इरानमा अहिलेसम्मकै धेरै काेराेना संक्रमितकाे मृत्यु

तेहरान । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकमध्ये एक इरानमा पुनः सङ्क्रमण फैलिएको इरानी सञ्चारमाध्यमहरूले सरकारी स्रोतहरूलाई उल्लेख गरी समाचार सम्प्रेषण गरेका छन् । इरानमा...

मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र...

प्रधानमन्त्री र मन्त्रीको दसैं भत्ता पनि कोरोना कोषमा जम्मा गरिने

काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सबै सदस्य प्राप्त गरेकाे दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवं सूचना तथा...

नेपाल र ओमानबीच प्रवेशाज्ञा छुट सम्झौता

काठमाडौं । नेपाल र ओमानबीच नेपाली तथा ओमानी कूटनीतिक, विशेष, सेवाकालीन तथा सरकारी राहदानी वाहकलाई एकार्काका देशमा प्रवेशाज्ञा छुटसम्बन्धी सम्झौता भएको छ। ओमानको परराष्ट्र...

अपहरण मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ

काठमाडौं । प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई ६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

काेराेनाबाट कैदीबन्दीलाई जोगाउन मानव अधिकार आयोगको १३ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काेराेना भाइरस (कोभिड-१९) महामारीबाट थुनुवा तथा कैदीबन्दीलाई सुरक्षित राख्न कारागार सुधारसम्बन्धी १३ बुँदे सुझाव कार्यान्वयनका लागि सरकारलाई सिफारिस...

यातायात मन्त्री नेम्वाङमा कोरोना संक्रमण

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री नेम्वाङले आफूमा कोरोना पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्...

चर्चित

सीमा अतिक्ररमण गर्ने चीनको नयाँ शैली : हुम्लामा चिनियाँ बस्ती बसाएपछि भूमि दाबी

काठमाडौं । चीनले पहिलेदेखि विशेषगरी छिमेकीहरुको सीमा अतिक्रमण गर्दा लुकिछिपि गर्ने गरेको र पछि थाहा भयो भने त्यसलाई बेवास्ता गर्दा कब्जा गर्दै जाने रणनीति...

कसरी पुग्याे नेकपाभित्र चरम विन्दुमा कलह ?

काठमाडौं – सत्तारूढ नेकपाका हरेकजसो बैठक दुई अध्यक्षका छेडखानीमा बित्छन् । मंगलबारको स्थायी समिति बैठक त्यसभन्दा निकै उग्र बन्यो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले अध्यक्ष...

कोरोना उपचारमा पन्छियो सरकार

काठमाडाैँ । सरकारले संविधानको मौलिक हक र सर्वोच्च अदालतको परमादेशविपरीत कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । सरकारले अब विपन्न, अशक्तलगायतको मात्र...

सैफसँग विवाह गर्न करीनाले दुई पटक गरेकी थिइन् अस्वीकार

एजेन्सी – बलिउडका अभिनेता सैफ अली खान र अभिनेत्री करीना कपूरले विवाह गरेको ८ वर्ष भइसकेको छ । उनीहरु आफ्नो वैवाहिक जीवनमा निकै खुशी...

ललिता निवास प्रकरण : गच्छदारको सम्पत्ति रोक्का

काठमाडाैँ । बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ...

चीनद्वारा सीमा निरीक्षणमा पुगेका परराष्ट्र मन्त्रीसहितको टोली अपमानित !

काठमाडौं । शुक्रबार दुई जना संघीय मन्त्री सहितको जम्बो टोली सीमानाका निरीक्षणका लागि मुस्ताङको लोमाङथाङ पुग्‍यो । जसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बाणिज्य मन्त्री लेखराज...

प्रधानमन्त्री ओलीलाई भट्टराईको जवाफ : कुराले होइन काम गरेर देखाउनुस्

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जवाफ फर्काएका छन् । प्रधानमन्त्री ओलीले बूढीगण्डकीबारे भट्टराईले दिएको अभिव्यक्ति निराधार र गैरजिम्मेवार रहेको...

मन्त्रिपरिषद्का निर्णयहरू (सूचिसहित)

काठमाडाैं । सरकारले सार्वजनिक सवारी साधनमा चैत ११ गतेअघिको भाडा लागू हुने निर्णय गरेकाे छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले असोज २६ र...

रामप्रसाद ओलीकाे अध्यक्षमा श्रम अदालत गठन

काठमाडौं । सरकारले न्यायाधीश रामप्रसाद ओलीकाे अध्यक्षतमा श्रम अदालत गठन गरेको छ । मपन्त्रिपरिषद्को असोज २९ गतेको बैठकले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने गरी श्रम...