सौराहाका होटल क्वारेन्टिन बनाउन तयार

सौराहा । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ ।

सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उनले बताए । उनले भने– ‘पाँच हजार क्षमतासम्मको होटल दिन सक्छौँ ।’ सौराहामा १२० वटा होटल रहेका छन् । लकडाउनसँगै पर्यटक नभएपछि सबै होटल बन्द छन् ।

यसैगरी भरतपुर क्षेत्रका २२ वटा होटलले क्वारेन्टिनका लागि दिन सकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ र होटल व्यवसायी सङ्घले नौ÷नौवटा होटल क्वारेन्टिनमा दिनका लागि तयार भएको जनाएका छन् ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष दीपक ढकालका अनुसार यसका अतिरिक्त नेपाल होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुकेले आफ्नो दुईवटा होटल पनि क्वारेन्टिनमा दिनका लागि जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेका छन् । यसअघि नै अन्य दुईवटा होटल पनि क्वारेन्टिनका रुपमा प्रयोगमा आइसकेको छ ।

अध्यक्ष ढकालका अनुसार बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आसपासका क्षेत्रमा रहेका होटललाई भने त्यहीको बिरामी राख्नुपर्ने भएकाले क्वारेन्टिनमा दिने सूचीमा राखिएको छैन । यस क्षेत्रका होटलले प्रतिव्यक्ति रु एक हजारदेखि एक हजार ५०० सम्म दररेट राखेका छन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष चुकेले स्थानीय प्रशासनलाई निर्णय गरिदिन आग्रह गरिएको र पहिलो चरणका होटलको टुङ्गो लागेसँगै अन्य होटल क्वारेन्टिनमा दिन तयार रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सबै होटललाई स्पष्टरुपमा दररेट राखेर सूची पठाउन आग्रह गरिएको बताए । हालसम्म होटलको माग नभएको भन्दै उनले माग भएमा तत्काल निर्णय गरेर सूची सार्वजनिक गरिने बताए । हाल जिल्लामा बाहिरबाट आएका व्यक्ति स्थानीय क्वारेन्टिनमा बसिरहेका छन् । रासस

ताजा अपडेट

प्रचण्डको पहलमा बानेश्वरमा संसद विघटनविरुद्ध हस्ताक्षर संकलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन...

बादल र बामदेव न ओलीतिर न प्रचण्डतिर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफू विचार र राजनीति मिल्नेसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् । पुल्चोकमा आफूनिकट केन्द्रीय सदस्यहरुसंँको भेलामा बादलले यस्तो...

ओलीको पक्षमा देखिएका गृहमन्त्रीको पुल्चोकमा छुट्टै भेला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकटका सांसदहरुलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका बेला ओली निकट...

सुरेन्द्र पाण्डेको नेतृत्वमा नेकपाका ८७ सांसद सर्वाेच्च जाँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् । असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णय विरुद्ध उनीहरू सर्वाेच्चमा जाने...

वैशाखमा चुनाव हुनेवाला छैन : डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले आगामी वैशाखमा चुनाव नहुने दाबी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको...

ह्वात्तै बढ्याे सुनको मूल्य, कति पुग्याे हेर्नुहाेस

काठमाडौं । सोमबार सुनको मूल्य ९ सय रुपैंयाले बढेको छ । हिजो ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर...

माओवादीसँगकाे एकता भंग गर्दै प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) सँग भएकाे एकता भंग गर्ने भएका छन् । साेमबार बिहान...

ओलीको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले एकतालाई भत्काउन नसक्ने बताएका छन्...

चर्चित

दीप बस्न्यात पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालत

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, सदस्यहरु...