भारतले भन्याे: लिपुलेक, कालापानी र लिम्पीयाधुरामा हाम्रा सरकारी अधिकारीकाे घर छ

केही दिनअघि नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रलाइ समेटी नयाँ राजनीतिक नक्सा जारी गरेपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा एक किसिमले तरंग ल्याएकाे छ।

भारतले दावी गर्दै अाएकाे लिपुलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रलाई नेपाल सरकारले अाफ्नाे नक्सामा देखाउँदै नयाँ राजनीतिक नक्सा जारी गरेपछि दुवै देशकाे विदेश मन्त्रालयले उक्त भूमि हाम्राे हाे भनी दावी गर्दे अाएकाे छ।नक्साअनुसार उत्तराखण्डको गुन्जी, कुटी र नबीका तीन गाउँलाई “नेपालको अभिन्न अंग” को रूपमा देखाइएको हाे भनी भारतीय सञ्चार माध्यमले समाचार लेखेका छन्।

भारतीय सञ्चार माध्यमका अनुसार तीन हजार भन्दा बढी जनसंख्या भएकाे याे तीन गाउँले आधा दर्जन आईपीएस र  आईएएस अधिकारीहरू तथा धेरै पीपीएस अधिकारीहरू उत्पादन गरेको छ। यसमा संजय गुंज्या, १९९७-बैचको आईपीएस अफिसर हुन् जो वर्तमान आईजी कुम्भ मेला हुन्। यसबाहेक, बिहारमा कार्यरत आईएएस अधिकारी विनोद गुन्ज्याल, र २०११ बैचको आईपीएस अफिसर हेमंत कुटियाल पनि उत्तर प्रदेशमा तैनात छन्।

उक्त इलाकाका अन्य अधिकारीहरूमध्ये विमला गुञ्ज्याल हुन्, उनी २००४ ब्याचको राज्य पुलिस सेवा (एसपीएस) अफिसर हुन्, जसलाई आईपीएस पदमा पदोन्नती गरिएको छ र हाल उनी उत्तराखण्ड पुलिसमा डीआईजी इंटेलिजेंस छन्। त्यस्तै अर्का एसपीएस अधिकारी धीरेन्द्र सिंह गुन्जा्याल पनि उक्त क्षेत्रका हुन्। उनी पनि २०१६ मा आईपीएसमा बढुवा भएका थिए।

त्यहाँ पीसीएस अधिकारी अजयसिंह नबियाल छन जसलाई आईएएसमा पदोन्नती गरिएको थियो र चमोली जिल्ला  मजिस्ट्रेट, मसूरी देहरादुन विकास प्राधिकरणको वी-सी र कुमाऊं रेंजका कमिश्नरका रूपमा काम गरेका थिए। उनी नाबी गाउँका हुन्।

यस क्षेत्रको महत्वका बारे टोलीलाई बोल्दै संजय गुञ्ज्यालले भने, “गुन्जी प्रख्यात गाउँ हो र तिब्बतका मानिस ऐतिहासिक रुपमा यहाँको मंडीमा उत्पादन लिन आउने गरेका छन्। गुन्जी कैलास मानसरोवर यात्रा मार्गको अन्तिम गाउँ हो र यस गाउँका मानिस पूर्ण रूपमा देशभक्त हुन्छन्। एसएसबी र आईटीबीपीको गुन्जीमा कम्पनीको मुख्यालय रहेको छ र त्यहाँ सेनाको स्थापना पनि छ। ”

अवकाशप्राप्त आईएएस अधिकारी, डी एस घब्रियाल, जो पिथौरागढ़को गर्भ्या गाउँका हुन्, डी एसले भने, “नापल्चु, गर्भ्या , नबी, कुटी र गुन्जी जस्ता सम्पूर्ण गाउँले देशलाई धेरै आईएएस, आईपीएस र आईएफएस अधिकारीहरू दिएका छन्। बेल्ट उच्च शैक्षिक मापदण्डका लागि परिचित छ। ” उनले थपे, “कुनै पनि सीमा विवादको मुद्दा विगत ३०/४० बर्षमा कहिल्यै उठेन र यो अत्यन्तै दुर्भाग्यपूर्ण र भ्रमपूर्ण छ कि नेपालले अहिले यी तीन गाउँलाई आफ्नो क्षेत्रको रूपमा देखाउँदै छ।”

ताजा अपडेट

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै

डडेलधुरा । विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ...

‘वास्तविकता बुझ्न नखोजेर नक्शाको राजनीति र अफवाह फैलाउन खोजियो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने...

सुदूरपश्चिममा थपिए १३२ काेराेना संक्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार १३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको...

‘रअ’ का प्रमुखसँग भेटेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानको खिल्ली उडाए : मोहन वैद्य

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय 'रअ'का प्रमुख सामान्तकुमार गोयलसँग भेट गरेर कुटनीतिक मर्यादा र राष्ट्रिय...

कोरोनाबाट नासुको मृत्यु

दाङ । कोरोना भाइरसकाे संक्रमणबाट दाङमा आज एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा...

रुसले निर्माण गरेको कोभिड १९ विरुद्धको खोपको परीक्षण भारतमा पनि गरिने

एजेन्सी । रुसले निर्माण गरिरहेको कोभिड १९ विरुद्धको खोप ‘स्पुतनिक भी’ को परीक्षण भारतमा पनि गरिने भएको भारतीय अधिकारीहरुले जनाएका छन् । यस विषयमा भारतको...

एकैदिन थपिए ४१ हजारबढी कोरोना संक्रमित

एजेन्सी । फ्रान्समा एकै दिनमा ४१ हजार जनाभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका बताइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ गएको २४...

सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । सुनसरीकी ५२ वर्षीया कोरोना संक्रमित महिलाको बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे छ । हाइपरटेन्सन र डायबिटिज रोग समेत भएकी महिलामा...

चर्चित

चीनसँगको हिल्सा नाका नखुल्दा महँगो बन्यो हुम्लावासीको दशैं

हुम्ला । चीनसँगको हिल्सा नाका नखुल्दा हुम्लावासीको दशैँ महँगो बनेको छ । सात गाउँपालिका र ४४ वडामा यो वर्षको दशैँ महँगो बनेको हाे ।...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

अबको दुई महिनाभित्र कोरोना खोप आउँछ : डाक्टर कोलिन्स

काठमाडौं । नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले अमेरिकामा दुई महिनाभित्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउने बताएका छन् । बुधबार एक समारोहमा बोल्दै...

काेराेना कहर: संक्रमितलाई लगाइने खोपमा कालोबजारी गर्ने स्वास्थ्यकर्मी पक्राउ

वीरगन्ज । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई...

‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक इन्द्रजित मिजारको स्वरमा ‘जुनमा हेरूँ तिमीलाई’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको गीतमा शब्द हाल अमेरिकामा बसेर आफ्नो संगीत यात्रा...