रूपन्देही हत्याकाण्ड : चरित्रमा प्रश्न उठाएपछि घट्ना भएको बयान

रुपन्देहीको तिलोत्तमास्थित पशु फार्ममा भएको सामूहिक हत्याकाण्डका आरोपीले पटकपटक चरित्रमा आक्षेप लगाइएका कारण उक्त घट्ना भएको बयान दिएका छन् ।

हत्याकाण्डको अनुसन्धान गर्न प्रदेश नं ५ प्रहरी कार्यालयले गठन गरेको समितिले आज बुटवलमा पत्रकार सम्मेलन गरी घटनाका आरोपी सुर्खेतको साविक नेटा गाविस–३ का ३१ वर्षीय झसेन्द्रबहादुर सिञ्जालीले चरित्र हत्याकै कारण आवेशमा आएर हत्या गरेको बयान दिएको जानकारी गराएको छ ।

हत्यापछि फार्मभित्रै पराल राख्ने ठाउँमा बेहोस अवस्थामा झसेन्द्र पक्राउ परेका थिए । मुसा मार्ने विषादी सेवन गरेका कारण उनी बेहोस अवस्थामा भेटिएको र उपचारपछि ठीक भएको प्रहरीले जनाएको छ । अस्पतालमा उनले आफूलाई दुःख दिएका कारण फरुवाले हानेर हत्या गरेको बताएका थिए । प्रहरीले घटनास्थलबाट कोदालो र लठ्ठी बरामद भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारले मृतकले व्यक्तिगत चरित्रमा आँच आउने किसिमले चर्चा गरेकाले मानसिकरुपमा चोट पुग्न गई आवेशमा आएर हत्या भएको देखिएको बताए । “झसेन्द्रको चरित्रमाथी बारम्बार प्रश्न उठाएपछि उनीहरुलाई तह लगाउने नाममा हत्या भएको पाइयो । अहिलेसम्म अनुसन्धानका क्रममा अरु कारण फेला परेन”, उनले भने ।

अनुसन्धान समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले सामान्य रिसिइबीका कारण नै घटना भएको देखिएपनि थप अनुसन्धान गरिने बताए । तिलोत्तमा–१० मैनहवास्थित गङ्गादेवी पशु फार्ममा सोमबार राति पाँच जनाको सामूहिक हत्या भएको थियो ।

फार्ममा सैनामैना मुर्गियाका ४० वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १६ वर्षीय पोखराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षीय आशिष चौधरीको सामूहिक हत्या भएको थियो । मुसहर तीनैजना फार्मका कामदार भएपनि करण र आशिष भने कामदार होइनन् । प्रहरीकाअनुसार हत्या गरिएका पाँचै जनाको शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सामूहिक हत्याकाण्डपछि अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक बैदवारको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो । जिल्ला अदालत भैरहवाले सिञ्जालीलाई कर्तव्य ज्यान कसुरमा थप अनुसन्धान गर्नको लागि सात दिनको म्याद थप गर्ने अनुमति दिएको प्रहरीले जनाएको छ । नीरा गौतम / रासस

ताजा अपडेट

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको...

बेलायतमा एकै दिन ६९६ संक्रमितको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक...

प्रचण्डमाथि पार्टी फुटाउन खाेजेकाे आरोप

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ९ सय ४८ जना संक्रमित...

चर्चित

आज मंसिर १२ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । लाभदायक यात्राको सम्भावना...

मुम्बई २६/११ आतंकी हमलामा मारिएकाहरूकाे सम्झनामा मैनबत्ती र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

आज मंसिर ११ गते बिहिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो...

मुम्बई २६/११ आतंकी हमलाको विरोधमा मोटरसाइकल र्‍याली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म गोलाबारी चलिरह्यो । मुुम्बईको इतिहासकै सबैभन्दा ठूलो...

एकैदिन थप ४२६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा एकैदिन थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२६...

कोरोना संक्रमित कैदीको मृत्यु : संरक्षण गर्न नसक्दा शव सडेकाे अस्पतालकाे दावी

काठमाडौं । केन्द्रीय कारागारमा जेल जीवन विताइरहेका रामलखन जैसवालकाे मृत्यु शंकास्पद भएकाे भन्दै वीर अस्पतालमा तनाब सृजना भएकाे छ।  लामो समयदेखि पार्किन्सनबाट ग्रसित जैसवाललाई...

पाल्पाका कोरोना संक्रमित पुरूषको मृत्यु

रुपन्देही । रूपन्देहीका ४ वटा अस्पतालले भर्ना नलिएपछि पाल्पाका एक कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । तानसेन नगरपालिका–७ का ५२ वर्षीय कोरोना संक्रमित एक...

पुजारी हत्या प्रकरण: प्रहरीकाे प्रतिवेदनमाथि उठ्याे गम्भीर प्रश्न

जनकपुर । ‘पुजारी स्व. श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति नेपाल विश्व हिन्दु महासंघकाे गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश २को प्रदेश प्रहरी...

बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ६ सय...