पूँजीगत खर्च ३० प्रतिशत

काठमाडौं । चालू आर्थिक वर्षको एघार महिनामा ३० प्रतिशत पूँजीगत खर्च (विकास खर्च) भएको छ । महालेखा नियन्त्रक कार्यालयको यही जेठ २७ गतेसम्मको तथ्याँकनुसार पूँजीगत खर्चमा कुल अनुमानित खर्चको ३० दशमलव १६ प्रतिशत खर्च भएको देखिएको छ ।

सरकारले चालू आर्थिक वर्षमा विकासनिर्माणका लागि पूँजीगत खर्चतर्फ रु चार खर्ब आठ अर्ब ५९ करोडको बजेट छुट्याएका हालसम्म रु एक खर्ब २३ अर्ब पाँच करोड पाँच लाख खर्च भएको देखिन्छ । चालुखर्च (तलबभत्ता आदि) भने ६७ प्रतिशत भएको छ । चालूतर्फ रु नौ खर्ब ५७ अर्ब १० करोड खर्च गर्ने लक्ष्य लिइएकामा मङ्गलबारसम्म ६७ दशमलव १८ प्रतिशतस्वरुप रु छ खर्ब ४२ अर्ब ९३ करोड ९४ लाख खर्च भएको मनिकाको तथ्याङ्कले देखाएको छ ।

रु एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख वित्तीय व्यवस्था (सार्वजनिक संस्थानमार्फत पूँजी निर्माणमा हुने खर्चका लागि दिइने बजेट) तर्फ खर्च गर्ने लक्ष्य लिइएकामा हालसम्म रु ८३ अर्ब ८६ करोड ८३ लाख (४९ दशमलव ९६ प्रतिशत) खर्च भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख कुल बजेट छुट्टाएकामा एघार महिनाका अवधिमा चालु, पूँजीगत र वित्तीय व्यवस्थापन गरी रु आठ खर्ब ४९ अर्ब ८५ करोड ८१ लाख खर्च (५५ दशमलव ४४ प्रतिशत खर्च) भएको हो । गत माघ अन्तिम साता चालू आवको अर्धवार्षिक समीक्षामा अर्थमन्त्री डा.युवराज खतिवडाले संशोधित बजेटको आकार रु १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाखमा ल्याउनुभएको थियो । सो समीक्षामा कुल बजेटको ९०.४ प्रतिशत खर्च हुने अनुमान गरिएको थियो ।

राजश्व ५७ प्रतिशत

चालु आर्थिक वर्षमा सरकारको राजश्व सङ्कलनको अवस्था ५० प्रतिशत नाघेको छ । एघार महिनाका अधिमा लक्ष्यको ५७ दशमलव ४३ प्रतिशत आम्दानी भएको मनिकाले देखाएको छ । रु ११ खर्ब १२ अर्ब ३३ करोडको वार्षिक लक्ष्यमा हालसम्म रु छ खर्ब ३८ अर्ब ६१ करोड ३२ लाख राजश्व संकलन भएको छ ।

यसैगरी कर आम्दानीतर्फ ५७ दशमलव ५६ प्रतिशत उपलब्धि भएको छ । रु दश खर्ब नौ अर्ब १६ करोड १८ लाख लक्ष्य रहेकामा रु पाँच खर्ब ८० अर्ब ८८ करोड ६३ लाख आम्दानी भएको छ । यस्तै गैरकर आम्दानी भने ५६ दशमलव १२ प्रतिशत भएको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल सरकारी संयन्त्रको संस्थागत क्षमतामा कमी हुँदा लक्ष्यानुसार विकास खर्चमा कमी भएको बताउँछन् ।

‘बजेट खर्च नहुनुमा अर्थ मन्त्रालय र अर्थमन्त्रीको मात्र जिम्मेवारी हुँदैन, सबै मन्त्रालय र मन्त्रीज्यूहरुले जिम्मेवारीका साथ नेतृत्व दिएमा विकास खर्चमा प्रगति हुन्छ’ उनले भने । उनका अनुसार सरकारले नीति मात्र बनाएर खर्च नबढ्ने भएकाले काम गर्ने परम्परालाई समेत परिवर्तन गरी खर्च नीतिलाई स्पष्ट बनाएमा लक्ष्यानुसार बजेट खर्चमा वृद्धि हुनेछ । रासस

ताजा अपडेट

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

मोडेर्नाले कोरोनाविरुद्धको खोप प्रयोगका लागि अनुमति लिने

वासिङ्टन । कोभिड–१९ विरुद्धको खोप विकास गरी अन्तिम चरणको परीक्षण गरिरहेको अमेरिकी औषधि कम्पनी मोडेर्नाले अमेरिका र यूरोपमा खोपको प्रयोगका सोमबार अनुमति माग्ने कम्पनीको...

ईश्वर पोखरेलको दवावमा विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिले...

‘प्रचण्डले प्रस्ताव फिर्ता लिएपछि नेकपाकाे विवाद समाधान हुन्छ’

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले पार्टीभित्र देखिएको विवाद महाधिवेशनबाट छिनोफानो हुने बताएका छन् । रिपोटर्स क्लब नेपालद्वारा सोमबार काठमाडौंमा आयोजित साक्षात्कारमा...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

घुस लिएको आरोपमा सई र प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत २ जना प्रहरीविरुद्ध मुद्दा दायर गरेकाे छ। घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी...

सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ। गत २४ घण्टामा १ हजार ४ सय ७४ जना संक्रमित...

सरकारबाट विज्ञापन बोर्ड गठन : पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि...

चर्चित

‘फुटेका चुरा’मा प्रकाश र नम्रताको रोमान्स (भिडियाेसहित)

काठमाडाैं । कलाकार प्रकाश सपूत र गायिका अनिता चलाउनेको गीत फुटेका चुराको भिडियो सार्वजनिक भएको छ । गीतमा सपूत स्वयंमको शब्द तथा संगीत छ । प्रकाश...

पाँच दिनदेखि बेपत्ता युवकको शव भेटियो

बिराटनगर । पाँच दिनदेखि बेपत्ता सुनसरीका एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो । सोमबार...

फेसबुकमा अश्लिल फोटो हालेर भाइरल गराईदिने भन्‍दै ठग्‍ने दुईजना पक्राउ

पर्सा । जिल्ला प्रहरी कार्यालय बाराले ३० हजार रूपैयाँ ठगी गरेकाे अभियाेगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी सितापुर गाउँपालिका-३ का ३१ वर्षीय...

राजावादीको जुलुसमा नजान सरकारकाे अपील

काठमाडौं । राजतन्त्र पुनर्स्थापनाको पक्षमा भइरहेका प्रदर्शनमा नजान सरकारले अपिल गरेकाे छ । मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं...

आचार्य, कँडेल र पाण्डेको नाम सचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । सचिव बढुवा सिफारिस समितिले तीन जना सह-सचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको...

सन्दीप लामिछाने अस्पताल भर्ना

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन्। सन्दीप हिजो बेलुकी ह्याम्स अस्पतालमा भर्ना भएको उनका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए...

बैंककाे सिस्टम ह्याकिङ गरी लाखाैं रूपैयाँ चाेरी गर्ने थप एकजना पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले कृषि विकास बैंककाे रकम अनधिकृत रुपमा चोरी गर्नेमध्येका थप एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा धादिङको रुविभ्याल्ली गाउँपालिका–१...

रामेछाप संस्कृतिक कलाकार समाजकाे गाउँपालिका स्तरिय समिति गठन

रामेछाप । रामेछाप संस्कृतिक कलाकार समाजले उमाकुण्ड गाउँपालिकामा गाउँपालिका स्तरिय समिति गठन गरेको छ । समाजको केन्द्रीय उपाअध्यक्ष सन्ध्या सानु र उमाकुण्ड गाउँपालिका-२ का अध्यक्ष खम्बध्वज...

एम्बुलेन्स दुर्घटनामा बिरामीकाे मृत्यु, तीन जना घाइते, चालक फरार

विराटनगर । माेरङकाे कञ्चनवारीमा एम्बुलेन्स दुर्घटना हुँदा बिरामीको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । कोशी राजमार्ग खण्डको विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा बिरामी...